Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०९ गते बिहिबार

सुदूरपश्चिमका मुख्य नेताले छाेडे बिप्लपकाे साथ

नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्यलगायत सुदूरपश्चिमका मूख्य नेताहरुले उक्त पार्टीबाट राजीनामाको घोषणा गरेका छन् ।

पूर्व पोलिटव्युरो सदस्य तथा सेती, महाकाली इन्चार्ज ओमप्रकाश पुन (निर्माण) लगायत प्रमुख नेताहरुले एक प्रेस बिज्ञप्ति जारी गर्दै राजीनामा दिएको जनाएका हुन् ।

नेता पुन पार्टीको नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा किसान र सुकुम्बासी संगठनका अध्यक्ष हुन् । उनी सुदूरपश्चिम प्रदेशमा राम्रो पकड भएको नेतामा गनिन्छन ।

यस्तै पूर्व सभासद, केन्द्रीय सदस्य, सेती इन्चार्ज रहिसकेका पार्टीको केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का (सिकन्दर), नवौं महाधिवेशन आयोजक कमिटी सदस्य 
नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी (अग्नि), पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज हाल विशेष कमिटी सदस्य रमेश परियार (जीवन) ले पनि राजीनामाको घोषणा गरेका छन् ।

चारै जना नेताहरुले बिज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेका छन् । 'अहिलेको बदलिदो विश्व राजनीति, राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धार र बाटो बदल्ने निर्णयमा पुगेका छौं,' बिज्ञप्तिमा भनिएको छ ।

हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत, धुरविकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढनुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरी त्यसकै प्रयास स्वरुप बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेको उनीहरुले जनाएका छन ।

राजिनामा दिएका नेताहरुले अहिले नै कता जाने टुङ्गाे लागेकाे छैन, कुरा चलिरहेकाे छ भने ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>