Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
भोज राज जोशी
२०७९ असार १० गते शुक्रबार

दुँहुँ गाउपालिकाले डाक्टर र ईन्जिनियर पढाउन ५० प्रतिशत अनुदान दिने ।

समृद्ध दुँहुँ सुखि दुहुँबासि भन्ने नाराका साथ दुँहुँ गाउँपालिकाले बजेट नीति तथा कार्यक्रम ल्याएकाे छ ।

पालिका अध्यक्ष रमेश बडालले सार्वजनिक गरेकाे नीति कार्यक्रममा सहकारि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका बिषय प्राथमिकतामा देखिन्छ ।

केही प्रमुख कार्यक्रम यस्ता छन प्रत्येक वडामा उपभोक्ता पसलहरु संचालन गर्ने, किसानहरुको उत्पादनको उचित मुल्यमा बजार सुनिश्चितता गर्ने, कृषि तथा पशु प्राविधिकहरुलाई किसानहरुको घरखेतमै गएर सेवा दिने ।

उत्पादन गरेको कृषि तथा पशुजन्य बस्तुहरुको उपभोक्ता पसलले खरिद गरेको विवरणको आधारमा उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने ।नगदे बाली तथा व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने ।

धार्मिक स्थल मठ मन्दिरहरुको जगेर्ना गर्ने । दुहुँ सभ्यता, कला, संस्कृति, भेषभुषा, भाषा, भाका रीतिरिवाजहरुको संरक्षण र प्रवर्द्वन गर्ने कार्यक्रम वार्षिक रुपमा कार्यान्वयन गर्ने

पर्यापर्यटन, साहसिक पर्यटन र धार्मिक पर्यटनलाई उत्साहजनक रुपमा प्रवर्द्धन गर्ने, गाउँपालिका भित्र रहेका सम्पूर्ण व्यवसायिक फर्महरुलाई गाउँपालिकामा अनिवार्य

दर्ता गराउने,  प्रतेक घर लाई सहकारिमा जाेड्ने,

कक्षा १-१० सम्मका विद्यार्थीहरुबाट कुनै किसिमको शुल्क नलिने । सामुदायिक विद्यालयबाट SEE उत्तीर्ण गरि प्रवेशिका परिक्षामा नाम निकाल्न सफल एक एक जना विद्यार्थीलाई मापदण्ड निर्माण गरि MBBS र BE पढ्न ५० प्रतिशत पढाई खर्च उपलब्ध गराउने ।
आङ खसेका महिलाहरुलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाउने ।

स्वास्थ्य शिविरहरु संचालन गरि आम नागरिकहरुलाई घरदैलोमै विशेषज्ञ सेवा उपलब्ध गराउने, गाउँपालिकाबाट सदरमुकामसम्म निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने लगायतका बिषय नीति कार्यक्रममा समेटिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>