Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ११ गते शनिबार

दाेधारा चाँदनीकाे बजेट र प्राथमिकता यस्ताे छ ।

 दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक २०७९/०८० का लागि झण्डै ७२ करोड ८२ लाख बराबरको बजेट ल्याएको छ । दोधारा चाँदनी नगरफालिकाको सुक्रवार बसेको नगर सभाले आगामी आर्थिक २०७९/०८० का लागि ७२ करोड ८२ लाख ३६ हजार २ सय रुपैयाकाे बजेट ल्याएको हो ।

शुक्रबार आठौं नगरसभामा नीति तथा कार्यक्रम संगै उक्त बजेट प्रस्ताव गरिएको हो । आगामी आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकार अर्थ मन्त्रालयबाट बित्तिय समिकरणमा रु. १४ करोड १२ लाख, शसर्त अनुदानमा रु. १८ करोड ७२ लाख, संघिय राजस्व बाडफाँडबाट रु. ककककक९ करोड ९८ लाख, संघबाट समपुरक अनुदानमा रु. २ करोड, प्रदेश राजस्व बाडफाँडबाट रु. २२ लाख ४४ हजार, प्रदेशबाट बित्तिय समानिकरणबाट १ करोड २ लाख ५७ हजार, प्रदेशबाट बिशेष अनुदानमा रु. ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा १ करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट रु. ३ करोड ६४ लाख ४१ हजार, सडक बोर्डबाट रु. ३५ लाख, गत वर्षको मौजदाबाट रु. २ करोड र सामाजिक सुरक्षा तर्फबाट रु. १९ करोड ५ लाख ४० हजार २ सय गरि जम्मा रु. ७२ करोड ८२ लाख, ३६ हजार २ सय आम्दानी हुने प्रस्ताव गरिएको छ् ।

त्यस्तै गरि खर्च तर्फ चालु खर्च रु. ३६ करोड १५ लाख ८२ हजार ५ सय ६० र पुँजीथत खर्च १७ करोड ६१ लाख १३ हजार ४ सय ४० गरि जम्मा रु. ७२ करोड ८२ लाख ३६ हजार २ सयरुपैयाँ को बजेट प्रस्तावना गरिएको छ् ।

नगरपालिकाले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवास भएकाहरुलाई व्यवस्थापन, कृषि संकलन केन्द्र तथा मलखादको डिपो स्थापना गर्ने योजना अघि सारेको छ् ।

यसैगरी, एक घर एक करेशाबारी, कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र स्थापना देखि बजारीकरण लगाएतका योजनाहरु अघि सारेको छ् । ग्रामीण विद्युतीकरण र सडक कालोपत्रे, सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाईने, साैर्यबत्ती जडान, किसानहरुलाई सहयोग तथा तालिम लगाएत तीन खम्बे अर्थनीति अबलम्बन गर्ने, रोजागरीको अवसर सृजना हुने योजनालाई प्राथमिकता दिने, जंगली जनावर रोकथामका लागि दिर्घकालिन संरक्षणको उपाय अपनाइने, नगर क्षेत्रमा भवन संरचनाको नक्सा पास अनिवार्य गर्ने, अर्गानिक व्यवसायलाई प्रोत्साहनलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।

सभामा नगर उपप्रमुख गंगा जोशीले वार्षिक तिनी र कार्यक्रम पेश गरेका थिए भने, आर्थिक बिकास समितिका संयोजक तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले आगामी आर्थिक २०७९/०८० को बजेट पेश गरेका थिए । नगर सभामा संघिय संसाद डा. दिपक प्रसाद भट्ट, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>