Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार १५ गते बुधबार

दार्चुला काग्रेस उप सभापति ठगुन्ना माओवादि केन्दमा प्रबेश

नेपाली कांग्रेश दार्चुलाका जिल्ला उपसभापति ललितसिंह ठगुन्ना (प्रबिण) माओबादीमै फर्किनुभएको छ । आज नेकपा (माओबादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाडामा एक औपचारीक कार्यक्रमका बिच नेता ठगुन्ना माओबादी केन्द्रमा प्रवेस गर्नुभएको हो । पूर्व माओबादी नेता समेत रहनुभएका ठगुन्नालाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टीमा स्वागत गरेको नेकपा माओबादी केन्द्रका मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले जानकारी दिनुभयो ।

जनयुद्धकालमा नेकपा माओबादी केन्द्रको जिल्ला नेतृत्व समेत सम्हाल्नुभएका नेता ठगुन्ना शान्ति प्रकृया पछि २०६७ सालमा माओबादी केन्द्रको जिल्ला सचिव हुनुभएका थियो । २०७० सालमा प्रतिनिधिसभा निर्वाचनमा माओबादीबाट उम्मेदवार बन्नुभएका नेता ठगुन्ना एमाले नेता गणेशसिंह ठगुन्नासंग पराजित हुनुभएको थियो । निर्वाचनमा पराजित भएपछि पार्टी छोड्नुभएका नेता ठगुन्ना तत्कालिन नयाँ शक्ति पार्टीको जिल्ला अध्यक्ष भएर समेत काम गर्नुभयो । तत्कालिन नयाँ शक्ति पार्टी हुँदै कांग्रेश प्रवेस गरेका ठगुन्ना कांग्रेशको जिल्ला उपसभापतिको जिम्मेवारीमा रहनुभएको थियो ।

युद्धकालमा जिल्ला कमाण्डरको भूमिका निर्वाह गर्नुभएका ठगुन्ना माओबादीमै फर्किएपछि माओबादीजनले खुसी व्यक्त गरेका छन् । कम्युनिष्ट धुर्बिकरणको आवश्यकता रहेको बहस भइरहेको बेला ठगुन्ना कांग्रेश छोडेर माओबादीमा फर्किनु सकारात्मक भएको माओवादि नेता तथा प्रदेश माननीय महेश जाेशी समेत माओवादि नेताहरुकाे प्रतिक्रिया छ । आज माओबादीले पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेस कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>