Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १७ गते शुक्रबार

कञ्चनपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा पिताम्बर जाेशी र गणेशदत्त जाेशी  प्यानलसहित चुनावी मैदानमा ओर्लिएका छन ।

पिताम्बर जाेशी पछि गणेशदत्त जाेशिले पनि आफ्नाे घाेषणा पत्र सार्वजनिक गरेका छन । अध्यक्षका प्रत्याशी गणेशदत्त जोशीको टीमबाट वाणिज्य उपाध्यक्षमा वाशुदेब जोशी (विनोद) र महासचिवमा निर्मला भट्ट सापकोटा उम्मेदवार बनेका छन् । उम्मेदवारी दर्तापछि जोशी समूहले प्रचारप्रसारलाई तीब्रता दिएको छ ।

प्रतिज्ञापत्रमा जोशीले यसअघिको आफ्नो कार्यकालमा व्यापारी र व्यवसायीका पक्षमा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै अधुरा रहेका कामहरु पूरा गर्न पुनः उम्मेदवारी दिएको उल्लेख गरेका छन् । उनले मुलुक आर्थिक संकटमा फसेका बेला चुनावी नाराका लागि मात्रै चर्को आश्वासन
दिनुको साटो व्यवसायी हकहित र आफूले गर्न सक्ने कामहरु मात्र प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् ।

जाेशीले १४ औं कार्य समितिमा तत्कालिन अवस्थामा नेपाल-भारत जोड्ने शारदा वैराज पुल दैनिक ४ घण्टा मात्रै खुल्ने गरेको थियो । त्यसले सबै व्यवसायी र यहाँका जनतालाई निक्कै मर्का परिरहेकाले मैले सर्वप्रथम यस पुलको खुल्ने समयावधी बढाउन नेपाल सरकार र भारत सरकारका सम्बद्ध सबै पक्ष र निकायसँग बारम्बार भेट गरी अनुरोध गरी उक्त पुल दैनिक ७ घण्टा खोल्ने व्यवस्था गर्न सफल भएकाे ।

यस्तै तत्कालिन समयमा कञ्चनपुर जिल्लामा एम्बुलेन्स सेवा को संख्या न्यून भएका कारण बिरामी हरुले दुखः पाइरहेको अवस्थामा भारतीय राजदूतावाससँगको बारम्बारको अनुरोधपछि संघ मातहत संचालन हुने गरी एम्बुलेसको व्यवस्था मा लागि पहल गरेकाे ।

यस्तै दोघारा-चाँदनी जोड्ने ४ लेनको पक्की पुल निर्माणका लागि विशेष पहल गरी यहाँका हाम्रा अग्रज राजनैतिक दलका नेता ज्यूको विशेष नेतृत्व र सहयोगमा उक्त पुल निर्माणाधीन अवस्थामा रहेको उल्लेख गरेका छन ।

आफुलाई जिल्लाका सबै स्थानीय बजार क्षेत्र र यहाँ भइरहने सबै समस्याका बारेमा अधिकतम जानकारी रहेको छ । मैले १४ औं कार्यसमितिमा निर्वाचित हुदाका बखतको भन्दा पनि थप जुझारु भएर सबै क्षेत्रमा आवद्ध भएका ब्यवसायी साथीहरुलाई परि आउने समस्या समाधान गर्न तदारुकताका साथ लागि पर्ने प्रतिज्ञा गरेकाे उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>