Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २३ गते बिहिबार

नबिल बैंक र नेपाल बंगलादेश बैंक काे एकीकृत काराेबार गर्न बैंक ४ दिन बन्द रहने ।

नबिल बैकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरी असार २७ गते एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूले सोमबारबाट नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैंकले जनाएको हो ।

दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबारदेखि असार २७ गते सोमबारसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने जनाइएको छ ।

यस्तै असार २५ गते शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने बैंकले जानकारी दिएको छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने छ । त्यसै गरी नेपाल बङ्गलादेश बैंकमा भने असार २३ गते बिहीबार कार्यालय समयपछि असार २७ गते सोमबार बिहान कार्यालय समय बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहनेछ ।
उक्त समयमा बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहनेछ । ग्राहकको सुविधाको लागि साबिक नेपाल बङ्गलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको छ । 

त्यस्तै बङ्गलादेश बैंकले जारी गरेका डेबिट र क्रेडिट प्रिपेड कार्डहरू सोमबार बिहान कार्यालय समय पश्चात् सुचारु हुने छन् । बङ्गलादेश बैकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रूपमा प्रतिस्थापन गर्न ग्राहकहरूलाई सूचित गरी नयाँ कार्डहरू उपलब्ध गराइने नबिल बैंकले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>