Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २४ गते शुक्रबार

नेपालि सिमेन्ट भारत निर्यात हुन थाल्याे ।

नेपाली सिमेन्ट भारत निर्यात हुन सुरू भएको छ। पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात सुरू गरेको हो। 

शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी दिए। 


‘हामीले परीक्षणका लागि तीन ट्रक पठाएका छौं,’ उनले भने, ‘आगामी दिनमा त्यसलाई बढाउँदै लैजान्छौं।’ 

उद्योगले तानसेन ब्राण्डको पिपिसी सिमेन्ट निर्यात गरेको हो। 

आगामी दिनमा भारतीय बजारमा नेपाली सिमेन्टको बजार विस्तार गर्दै लैजाने उनले बताए। 

‘नेपाली सिमेन्टको बजार विस्तार गर्न सघाउ पुर्‍याउने मूल्य र गुणस्तर नै हो,’ उनले भने, ‘हाम्रो सिमेन्टको गुणस्तर राम्रो छ। सरकारले निर्यात अनुदान दिने भएपछि मूल्यमा पनि सहज हुन्छ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने उल्लेख गरेको थियो। ८ प्रतिशत नगद अनुदान पाउने भएपछि उद्योगीहरू उत्साहित भएका छन्।

जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>