Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २६ गते आइतबार

कंचनपुर उद्याेग वाणिज्य संघमा पिताम्बर जाेशी प्यानल अध्यघिक मतका साथ बिजयी

 कञ्चनपुर उद्योग वाणिज्य संघको असार २५ गते सम्पन्न १७ औं कार्यकारीणी समितिको निर्वाचनबाट पिताम्बर जोशीको प्यानल बिजयी भएको छ । पिताम्बर जाेशी अध्यक्षमा १ हजार २ सय ९९ मतसहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी गणेशदत्त जोशीले .७ सय ८३ मत प्राप्त गरे । यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७ सय ५८ मतका साथ बिजयी भएका छन् । उनका प्रतिद्धन्दी बाशुदेव जोशी (विनोद)ले ४ सय ८८ मत पाउनुभएको छ । 

महासचिव पदमा पिताम्बर प्यानलकै खगेश्वर बोहरा बिजयी भएका छन् । उनले १ हजार २ सय एक मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी निर्मला भट्टसापकोटाले ८ सय मत प्राप्त गरे । ३ हजार २ सय ५९ मत रहेको वाणिज्य संघमा २ हजार १ सय ८४ मत खसेको थियो । 
यस अघि अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुनेमा बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा शुरेस गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी रहेका छन् । 
यस्तै निर्वाचित हुने सदस्यहरुमा बिशाल सोनार, प्रेमप्रकाश पाठक, नरेन्द्रप्रसाद जोशी, प्रदिप पाल(रदिप), भोजराज अवस्थी, मिनराज भट्ट र संस्थागत सदस्यमा रामचन्द्र बुढा रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>