Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २७ गते सोमबार

कुनै पार्टि संग एकता नहुने : नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकमार नेपालले आशन्न निर्वाचनभन्दा अगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।

सोमबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘एकता हुन्छकी भन्ने भ्रमले कतिपय पंक्तिहरु थर्कमान भएका छन्’, उनले भने, ‘अहिले थर्कमान नहुने, ढुक्क भएर मुटुको धड्कन नबढाएर बसे हुन्छ ।’

अध्यक्ष नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहने र मिल्न सक्ने शक्तिहरुसँग मिल्ने बताए । अध्यक्ष नेपालले ‘एकीकृत समाजवादीले कमिटी निर्माणलाई प्राथमिकता दिएर चुनाव अगाडि गतिविधी अगाडि बढाउने, जनताका समस्या बुझ्ने, उजागर गर्ने जनतामा जागरण पैदा गर्ने, चेतना जगाउने कुरामा क्रियासिल रहने बताए ।

एकीकृत समाजवादी राष्ट्र र जनताको हितका लागि निर्माण भएको पार्टी भएको बताउँदै अध्यक्ष नेपालले नेपाल र नेपालीको हितका लागि, राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकताको जगेर्नाका लागि लागिरहने बताए ।

एक फरक प्रसंगमा बोल्दै उनले एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल भएका कारण प्रदेश सरकार समाजवादीको नेतृत्वमा बन्नु स्वभाविक रहेको बताए । उनले एक्लै सरकार निर्माण सम्भव नभएको र अरु पार्टीको पनि समर्थन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>