Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २९ गते बुधबार

चाेभार सुख्खा बन्दरगाह बाट निर्यात सुरु ।

चोभार सुख्खा बन्दरगाहबाट निर्यात सुरू भएको छ । डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको सुख्खा बन्दरगाहबाट पहिलोपटक निर्यात भएको हो । चैतमा उद्घाटन भएयता आयातमात्रै भइरहेको बन्दरगाहबाट निर्यात सुरू भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

उनले भने मंगलबार देखि निर्यात सुरू भएको छ । पहिलोपटक बन्दरगाहबाट ५ हजार १३० जोडी जुत्ता विदेश निर्यात भएको छ ।’ उनकाअनुसार यससँगै चोभार सुख्खा बन्दरगाहबाट निर्यातको बाटो समेत खुलेको छ । खासगरी, चोभार सुख्खा बन्दरगाहसम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरक्रिया गरेपछि यसबाट व्यवसायीले निर्यात सुरू गरेका हुन् ।
यसअघि, उद्योग मन्त्रालयमै चोभार सुख्खा बन्दरगाह चल्न नसक्नुको कारण बारे छलफल भएको थियो । यससँगै, हालसम्म न्यून मात्रामा आयात भइरहेको बन्दरगाहबाट निर्यात सुरू भएको हो । यसबाट अर्बौ लगानी गरेर बनाइएको बन्दरगाहको लक्ष्य सुरू भएको निर्देशक गजुरेलले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>