Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०२ गते सोमबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चालु आर्थिक वर्षको बजेटले लिएको उत्पादन वृद्धिको लक्ष्यमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगी व्यापारीहरूलाई आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो स्थापनाको लक्ष्यअनुसार औद्योगिक विकास तथा लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने उनले बताए । 

लिमिटेडको ३५ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बडूले एकातर्फ ठूलो हिस्सा आयातमा निर्भर रहेको र अर्कोतर्फ चाहेर पनि मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसकिरहेको अवस्थामा सरकारले अहिलेको बजेटमार्फत आन्तरिक उत्पादनलाई जोड दिने नीति लिएकाले यसमा सबैले आआफ्नो क्षेत्रबाट योगदान  गर्नुपर्ने बताए ।

उनले  व्यवसायी र लिमिटेड एकअर्काका परिपूरक एवं सहयोगी भएकाले सरोकारवाला लगानीकर्ताहरूसँग अधिकतम् छलफल र समन्वयबाट लगानी आकर्षित गर्ने गरी अगाडि बढ्न लिमिटेड व्यवस्थापन पक्षलाई निर्देशन दिए । ‘व्यवसायीहरुले केही माग र गुनासा सरोकारका विषयहरु उठाइरहनुभएको छ’ मन्त्री बडूले भने ‘व्यवसायी र व्यवस्थापनबीच द्वन्द्वको अवस्था आउनुहुँदैन, त्यसका लागि छलफल र संवादबाट समस्याको समाधान गर्नुस्, सरकार तपाईंहरुको साथमा छ।’

कार्यक्रममा अधिकांश वक्ताहरूले लगानीमैत्री वातावरण बनाउन लिमिटेडले आफ्नो भूमिका थप प्रभावकारी र समन्वयकारी बनाउन जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>