Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०२ गते सोमबार

सुन्दरनगरमा भारतिय यसयसबिले नेपाली खेत जाेत्न राेक लगाए ।

सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ । दाेधारा चाँदनी नगरपालिका वडा ८ सुन्दरनगरमा नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको नेपाली भूमिमा स्थानीय इन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जावाल जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले साेमबार रोक लगाएको बताइएको छ ।

एसएसबीले खेत जोत्न नदिएपछि इन्द्र बहादुरले प्रशासनसँग गुहार मागेपछि नेपाल तर्फका स्थानीय नागरिकहरू र सुरक्षा अधिकारीको टोली विवाद स्थलमा पुगेको थियो । भारतीय पक्षको दादागिरी भन्दै स्थानीयहरूले विरोध समेत जनाएको वडा ८ का अध्यक्ष ओम प्रकाश राेकायाले बताउनु भयाे ।

यसैबिच, उक्त विवादका विषयमा सोमबार अपरान्ह दुवै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिहरूबिच स्थानीय स्तरमा बैठक बसी छलफल गरिएको कञ्चनपुर स्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक अमर ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार, हाललाई सीमा पिलरदेखि दुवैतर्फ दुई - दुई मिटरसम्म कुनैपनि गतिविधि नगर्ने सहमति भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>