Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०४ गते बुधबार

श्री स्टिल्सबाट उत्पादित टिएमटी छड भारत निकासी सुरू

रुपन्देहीमा रहेकाे श्री स्टिल्सले मंगलबार बाट स्टिल छड भारत निर्यातको सुरूआत गरेको छ । पहिलो दिन ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो। 

यसअघि सिमेन्ट भारत निकासी हुँदै आएकोमा श्री स्टिल्सबाट टिएमटी छड पनि निर्यात गरिएको हो।

उनले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरू गरिएको बताए।

अग्रवालले यो निर्यातको सुरूआत र सफलता उद्योगको मात्र नभई राष्ट्रकै सफलता भएकोले स्टिल्स मात्र नभई अन्य उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। 

वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको अग्रवालले बताए। केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित श्री स्टिल्सले टिएमटी छड उत्पादन गर्दै आएको प्रालिका ब्राण्ड म्यानेजर दीपक शाहले जानकारी दिए।

उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिए।

श्री स्टिल्सले  प्रतिघण्टा ४० टन छड उत्पादन गर्ने क्षमता रहेकोमा हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवामा स्थापना गरिएको श्री स्टिल्समा तीन अर्ब रुपैयाँ लगानी रहेको अग्रवालले जानकारी दिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>