Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १४ गते शनिबार

प्रधानमन्त्री शेर बहादुर बिरुद्ध उमेदवारि दिएका सागर ढकाल लाई मल्लकाे खुला पत्र ।

प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्ध उम्मेदवार घोषणा गरेका इन्जिनियर सागर ढकाललाई समाजसेवी विनय मल्लले खुला पत्रमार्फत सुझाव दिएका छन् ।

शेरबहादुर देउवालाई डडेल्धुराबाट हराएर देशको प्रधानमन्त्री बनेर देशको विकास गर्ने दावी गरेका ढकाललाई मल्लको यस्तो छ खुल्लापत्र ।

“पृय मित्र सागर ढकाल जी नमस्कार तथा मिठो सम्झना ! हाम्रो जिल्ला डडेल्धुरा सम्म पुग्नु भएकोमा हृदय देखिनै धन्यवाद छ। पत्र पत्रीका र अन्य सामाजिक संजालबाट आउँदै गरेको केन्द्रीय निर्वाचनमा डडेल्धुरा बाट उमेदबार बन्दै हुनु हुन्छ भन्ने कुरा थाहा पाए अग्रीम शुभकामना छ।

तर मेरो बिचारमा तपाईले प्रतिसोध लिएर वा अन्य कारणले हतारमा निर्णय गर्नु भयो की जस्तो मलाई लाग्यो ! यदी सम्पुर्ण युवाहरुलाई र सचेत नागरिकहरु लाई प्रेरित गर्न चाहनु हुन्छ भने आफ्नै क्षेत्रबाट उमेदबार बनेर बिजय भएर नमुना कामको थालनी गरेर देखाउनु होस् ।

जसले गर्दा सम्पुर्ण जिल्लाले सिक्ने मौका पाओस् ! साथै साच्चै तपाईले डडेल्धुराको बिकास नै चाहनु भएको हो वा सामाजिक परिवर्तन चाहनुनै भएको हो भने चुनाब नलडीकन पनि गर्न सकिन्छ ! मित्र ! ईन्जीनियर हुनु हुन्छ …! यो क्षेत्रमा अनगन्ती समस्याहरु छन तिनी समस्या हरुको समाधानका उपाय त्यताका जनप्रतिनीधी , युवालाई तथा अन्य व्यक्तिलाई सिकानुहोस् !

अनी दैनिक जिबन लाई सहजीकरण हुने गरि प्रविधिको बिकास गर्न सहयोग गनुहोस ! अनी डडेल्धुराका धेरै स्थानीय तहमा इन्टरनेटको नेटवर्क राम्रो सँग टिप्दैन त्यसलाई कसरी समाधान गर्न सकिन्छ आदी कुराको ज्ञान बाढ्नु होस् त्यो नै तपाईको लागी निर्वाचन भन्दा ठुलो बिजय हुनेछ र डडेल्धुराका जनताले तपाईलाई सधैं सम्झने तथा सम्मान गर्ने छन् ।

यो मेरो व्यक्तीगत सल्लाह र सुझाब मात्र हो बाकी तपाईको बिचार र निर्णय आफैं गर्नुहोस् ! अन्यथा नलिनु होला ! (धन्यबाद ) “समाजसेवी तथा समाज प्रेमी बिनय प्रकाश मल्ल”

ढकाल डडेल्धुरा पुगेर पुजापाठ समेत सम्पन्न गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>