नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ। तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।
‘वामदेवजी हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्न तयार हुनुहुन्छ । उहाँले तपाईंहरुको पार्टीको चुनाव चिह्नमा लड्छु भन्नु भएपछि हामीले चुनाव चिह्न दिने निर्णय गर्यौँ’ खतिवडाले भने,‘उहाँ (वामदेव)ले बर्दियाबाट नभइ प्यूठानमै चुनाव लड्छु भनेपछि गठबन्धनमा अप्ठ्यारो भयो । प्यूठानबाहेक अन्त चुनाव लड्दिनँ भन्ने भएपछि गठबन्धनमा छलफल गरेर मात्रै टुंग्याउनु पर्नेछ ।’ प्यूठान जनमोर्चालाई दिने गठबन्धनमा छलफल भइरहेकाले वामदेवले दाबी गरेपछि समस्या परेको हो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया