आज भदौ १ गते सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला लगायत कैलाली, कञ्चनपुरमा जेठो पर्व “ओल्के त्यार” को रूपमा मनाइने गरिन्छ। वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ। अर्को अर्थमा 'ओल्को' भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु भन्ने बुझिन्छ।
यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा “गाउँ घरतिर जसका घरमा गाई भैँसीको दूध, दही, मही हुँदैन त्यस घरमा दूध, दही, मही,पिडालुका गावा,काँक्रा, भाण्टा,मुला तथा हरियो सागपात लगायत उपहार दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको छ ।
आजका दिनदेखि बिभिन्न देवस्थलहरूमा देवताको आह्वानस्वरूप चैत- धमारीको शुभारम्भ पनि हुन्छ।आजका दिनदेखि बूढी ( पुतनाको प्रतीक) बाँड्ने चलन पनि छ।
त्यसै गरी वर्षायाममा प्राकृतीक प्रकोपबाट बाँचिएको खुशियालीमा हरियो सागपात दिएर सद्भाब बाँडिन्छ। ”विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
आजका दिन डोटेली संस्कृतिमा 'फाँणो भात' ,'गतानी डुब्का', ' भक्के रोटो' खाने र रमाइलो गरि नाँचगान गर्ने चलन पनि छ। समग्रमा आसुरी ( राक्षसी) प्रबृत्ततिको विनास गरि सत्यको पक्ष स्वीकार्ने चलनको रूपमा यो पर्व सुदूरपश्चिमका पहाडी समुदायमा मनाइदै आएको छ।
आज ओल्केकै दिन गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गोसमेत गाड्ने गरिन्छ। जसलाई बुढी हाल्ने पनि भनिन्छ।ओल्केका दिन गाडिएको लिङ्गो कतै भाद्र मसान्त र कतै असोज १ गते जलाउने चलन छ। भदौ मसान्तका दिन जलाउने लिङ्गोलाई 'बूढी पोल्ने'भन्ने गरिन्छ।
बिगतमा वर्षायाममा दादुरा,झाडापखाला,हैजा, लुतोजस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुशी साँट्न ओल्के त्यार मनाइदै आएको पाइन्छ। श्रावण महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै आजका दिनदेखि सुदूरपश्चिमेली जनजीवनमा गौरा र तीजजस्ता पर्वको रमझम पनि शुरू हुन्छ।
प्रदेश सरकारले यस वर्षबाट आजका दिन ओल्के त्यारको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ। यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ।
यस पर्वलाई बिभिन्न किसिमले मनाइए पनि यसको मूल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु नै हो। पौराणिक किम्बदन्ती अनुसार यस पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारे पछि उनका साथी ग्वाला ( गोठाला) हरूले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया