Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ ०९ गते बिहिबार

नेकपा एस का प्रदेश अध्यक्षले दल त्याग्दै स्वतन्त्र भएकाे घाेषणा ।

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले आज पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको बर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरुले पनि पार्टी परित्यागको तयारी गरिरहेको नेकपा एस सुदूरपश्चिमका एक नेताले बताए । 

पार्टी परित्यागको घोषणा गर्दै शाहीले सामाजिक संजालमा भनेका छन्- '२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्‍यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ। बिगत ५/६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।'

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>