Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
बेलाैरि
२०७९ भदौ ०९ गते बिहिबार

उखुमा रातो सडने रोगले हैरान छन बेलाैरीका किसान

सागर बिष्ट -                                                   उखुमा लाग्ने राताे सड्ने राेग देखा परेकाे छ । बेलाैरी नगरपालिका ८ कलकत्तामा व्यापक रुपमा उखु बालीमा रातो सडन रोग देखा परेको छ। उखुकाे मुख्य खेति हुने क्षेत्रमा यसरी राेग देखा पर्दा उखु खेतिमा आश्रित किसान चिन्तित भएका छन ।
उखुको लागि रेड रोट रोग क्यान्सर जस्तै खतरनाक हुन्छ त्यसैले यो रोगलाई उखुको क्यान्सर पनि भनिन्छ । उखुको तेश्रो र चैथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको हुन्छ । यो रोग colletorrichum falatum  नामक ढुसीको कारणबाट लाग्दछ। बेलौरी नगरपालिका ८ का किसानले  co-208 जातको उखु लागिएका र यो जातमा यो रोग व्यापक देखिएको महाकाली सुगर मिलका प्रवन्धक सि डि पाण्डेले जनाएका छ्न ।

यस्तै बेलारी नगरपालिका कृषि विकास शाखाले पनि कलकत्ता क्षेत्रमा फिल्ड अनुगमन गरेको छ । अनुगमका क्रममा यो रोग करिब ७० देखि ८० विघा क्षेत्रफलमा फैलिएको छ र अझै व्यापक हुन सक्ने कृषि विकास  शाखाका शाखा प्रमुख सुमन राज जोशीले जनाएका छ्न । सेट उपचार नगरी लगाएकाले यो रोग देखा परेको जोशीको भनाइ रहेको छ ।

यो रोगको ढुसी एक बर्ष देखि अर्को बर्ष सङ्क्रमित बिउ ,उखुका ठुटा तथा खेतमा रहन गएका जिबाणुबाट फैलिन्छ। यो रोगको प्रथम लक्षण अषाढ श्रावण महिना तिर सुरु भइ उखु काट्ने बेला सम्म देखिदैँ जान्छ । टुप्पोबाट पात पहिलिदै पछि किनाराबाट टुप्पातिर सुक्दछ र पछि झर्छ । रोग बड्दै गएमा सम्पुर्ण बिरुवा नै सुक्दछ । रोगी विरुवाका डाँठहरुको आँख्ला सानो र लम्बाई पट्टि चिरेर हेर्दा बिचमा सेतो धब्बाहरु देखिन्छ जसबाट रक्सिको जस्तो गन्ध आउँछ ।

यो रोग नियन्त्रण गर्नका लागि रातो सड नियन्त्रण गर्ने उत्तम उपाय भनेको रोगरहित क्षेत्रमा स्वस्थ बिरुवाबाट रोप्ने सेटहरूको छनोट गर्नु हो। रातो कुहिएको खेतलाई एक सिजन धान र दुई सिजनको ल्ऽागि अर्र्काे बाली घुमाउनुपर्छ। खेतमा रोग देखिएमा पात र छडी जम्मा गरी जलाएर नष्ट गर्नुपर्छ । साथै बर्षायाम शुरु हुनु अगाबै रोगी विरुवा हटाउने र नष्ट गर्ने । उखुको वीउ टुक्राइ सकेपछि ५० डिग्री सेन्टिग्रेड को तातो पानीमा २ घण्टा वा ५४डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल एक ग्राम प्रति लिटर पानीमा वा डाइथीनियम ४५ २.५ ग्राम प्रति लिटर पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ । बीउ रोप्नु अगाडि कार्बेन्डाजिम ५० ड्ब्ल पि २ ग्राम प्रती लि पानीको दरले बनाइएको झोलमा ५ मिनेट सम्म डुबाइ बीउ उपचार गरि रोप्ने । टाइकोडर्मा गोबर मल वा प्रेसमडमा मिलाइ प्रयोग गर्ने । १ २ के जि  टाइकोडर्माको धुलो ३० के जि पुर्ण रुपमा कुहिएको गोबरमल वा प्रेसमड संघ मिसाएर ६ ७ दिन छायाँमा राख्ने र उखु रोप्ने बेलामा नालीमा छर्ने ।

पाण्डेका अनुसार किसानलाई टाइकोडर्मा वितरण गरेरहेको र सरकारी निकायको समेत सहयोगका लागि आग्रह गरेरहेको बताए । कृषि शाखाले किसानहरुलाई दुसी जन्य विषादी सहयोग गर्ने जनाएको छ ।
अनुसन्धानहरुका  अध्ययन अनुसार यो रोगले ९०प्रतिशत सम्म क्षेती पुर्याउने देखिन्छ।  समयमै किसान सचेत नबने उखुको पोकेट क्षेत्रमा उखुनै लोप नहोला भन्न सकिदैन र चिनी मिल समेत बन्द हुन सक्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>