Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ११ गते शनिबार

कुसे औसि किन महत्तपुर्ण छ

भाद्र कृष्ण औँसी विभिन्न कारणले महत्त्वपूर्ण मानिन्छ । यसै दिनमा कुश काटिन्छ र यस दिन काटेको कुश वर्ष भरि प्रयोग गरिन्छ । अतः यस दिनलाई कुशे औँसी भनिन्छ । यसै दिन आफ्ना मृत पिताको सम्मान र शान्तिका लागि पूजा गरेर मृत पितृलाई पिण्डदान पनि गरिन्छ । केही धार्मिक स्थानमा नुहाएर, पिण्डदान गरेर समेत याे दिन मनाउने गरेकाे पाईन्छ ।

यसै दिन आफ्ना जीवित पितालाई सन्तानले विभिन्न मिष्ठान्न भोजन र वस्त्र उपहार दिई  सम्मान गरी आशिष पाउने हुँदा यो दिनलाई पितृदिवस पनि भनिन्छ । यसै दिन जुन पितृ पूर्वजहरूको मृत्यु तिथि मिति थाहा हुँदैन, त्यस्ता पितृहरूको श्राद्ध पनि काठमाडौंकाे गोकर्णमा गई पनि गरिन्छ । गोकर्ण भगवान् शिवको नाम हो ।

यस दिन यहाँ शिवको पूजा आजा गरी पितृहरुप्रति श्रद्धा प्रकट गरिन्छ जसबाट एकातिर शिव आराधनाबाट आत्मकल्याण हुन्छ  । मनमा शान्ति छाउँछ र सकारात्मक सोचको विकास हुन्छ भने अर्काेतर्फ आफ्ना पूवर्ज पितृहरूलाई तर्पणबाट तृप्त गरिन्छ ।  

यस दिन गोकर्णमा ठुलो मेला लाग्दछ । जसरी भारतमा गया पिण्डदानका लागि प्रसिद्ध छ ।  त्यस्तै नेपालको गोकर्णेश्वर पनि त्यतिकै पवित्र र प्रसिद्ध छ ।

कुशे औँसीसँग कुशको विशेष सम्बन्ध रहेको छ । विभिन्न धार्मिक कार्यहरू कुशको औँठी बनाएर दाहिने हातमा लगाउने गरिन्छ । हिन्दुहरूले आफ्नो घरमा कुश राख्ने चलन शताब्दी अगाडिको हो । कुशको वैज्ञानिक  महत्त्व पनि उतिकै रहेको छ । कुशे औँसीले पर्यावरण संरक्षणको महत्त्व दर्साउँदछ ।

अग्निस्थापनाको वेदीको वरिपरि पनि कुश विछ्याइन्छ । कर्मपात्र बनाउने काम होस् वा शुद्धता र पवित्रताका लागि जल छर्कने कार्यक्रम होस्, जहाँ पनि कुशको प्रयोग गरिन्छ । 

यसरी मानिसले आफूसँगै विभिन्न प्राणी तथा वनस्पतिको अस्तित्वलाई पनि कायम गदै आएको छ । समाजशास्त्रीय हिसाबले पनि समाजमा व्याप्त कुराहरुले हाम्रा आवश्यकता परिपूर्ति गर्न महत्त्वपूर्ण भूमिका निभाइ रहेका छन् । 

हुन त समाज परिवर्तनशील छ, समयसँगै हाम्रो जीवनशैली र चालचलन फेरिदै आएको छ  तैपनि कतिपय धार्मिक महत्त्व बोकेका कुराहरु हराउनु साटो  झन चर्चाको शिखरमा पुग्न सफल भएका छन् । ती कुराहरूमा विभिन्न अध्ययन अनुसन्धान पनि हुँदै आएका छन् । धार्मिक कुराहरुलाई आत्मसाथ गदै वास्तविकता र वर्तमानलाई पनि आत्मसाथ गर्नु जरुरी छ । 

मरेपछि मात्र पिण्ड दान गरेर आफ्ना बाबा आमाप्रति श्रद्धा व्यक्त गर्ने सन्तानहरुको कमी छैन यहाँ । यस्तो गलत प्रवृत्तिको अन्त्य गर्नु आजको आवश्यकता हो । छोरा छोरी उच्च तहमा पुगेर सम्पन्न रुपमा जीवन विताइरहँदा बूढा बा आमा बृद्धाआश्रमको शरणमा बस्न बाध्य रहेका छन् । कतिपय छोराछोरीले त आफ्ना बा आमालाई आफैले नै बृद्धाश्रममा छोडने गरेका छन् । त्यति गर्दा पनि ती बा आमा जहिले पनि आफ्ना सन्तानको भलोको लागि भगवान्सँग प्रार्थना गरिरहेका हुन्छन् । 

अहिले बढिरहेको विकृतिको अन्त्य गर्दै सुन्दर र सभ्य समाजको निर्माण गर्नु पर्दछ । जसरी दिन पछि रात आउँछ, त्यसरी नै मानव जीवन पनि हालको बच्चा पछिको अभिभावक हो । त्यसैले आफूले जस्तो कर्म गर्‍यो, त्यही अनुसारको फल मिल्दछ भन्ने हेक्का राख्नु पर्दछ । 

अन्तमा, समाजशास्त्रीय हिसाबले हाम्रा चाडपर्वलाई अध्ययन गर्ने हो भने यसले मानव जीवनको अस्तित्व बोकेको हुन्छ । आजको दिनमा पनि टाढा टाढा रहेका छोरी चेलीहरु आफ्नो माइती घर पुगी आफ्ना  गच्छेअनुसार मिठाई फलफूल लगी बुबाको मुख हेर्ने गर्दछन् । यसरी हरेक चाडपर्वले हामी सबैमा उत्साह, हर्षको सञ्चार गर्दछ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>