Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १४ गते मङ्गलबार

यस्ताे छ तिज पर्वकाे ईतिहास

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । 

यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि पार्वतीले शिवलाई प्राप्त गरेकाे दिन ञभाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । 

आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ ।

त्यसै गरी तीजको दिन भन्दा पहिलाे साझ अथवा द्वतिया काे साझ शुद्ध परिकार र दरिलाे अन्न फल भाेजन गर्ने चलन छ भने  तिज वा तृतियामा दिनभरि पानी समेत नपिई व्रत बस्ने साझ पख पुजा गर्ने, फलफुल खाने, राभरि नाच गान गर्ने, दाेस्राे दिन (मंगल चाैथीकाे दिन) पुजा गर्ने नदिमा गई तृतियाकाे दिन बनाएकाे शिव पार्वतिकाे लिङ्ग बिसर्जन गर्ने चाैथिकाे पुजा गर्ने साे दिन केही निलाहार र केही फलाहार बस्ने गर्दछन । तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । बर्सभरि जान अनजानमा भए गरेका गल्तीबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । माटाे लेपनले छालामा हुने एलर्जी हटाउँछ र दतिवनले दाँत र मुखलाई सफा राखी स्वास्थ्यको सुरक्षा गर्छ । 

उक्त दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए, आपसी आत्मीयता एवं सद्भाव बढ्ने धार्मिक विश्वास छ । 

तीज आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ । तीजको दिन नारीहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषता हो । नारीहरू त्यो दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमान्को दीर्घायुको कामना गर्नु नै यस तीज पर्वको सन्देश मानिन्छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ  । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकाङ्क्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ । 

तीजको दिन घरको कामकाज चटक्कै छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुरा समेटिएका हुन्छन् । यसले महिलालाई सशक्त बनाउँछ । यी तीजको सकारात्मक पक्ष हुन् । 

खेतिपाति पछिकाे केही फुर्सदको समयमा मनाइने पर्व हो तीज । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती बाेलाउने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । 

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि मीठो मसिनो ख्वाउन माइती पक्षकाहरु लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्वको व्यग्र प्रतीक्षामा हुन्थे ।

विद्युतीय उपकरण र साधन नहुँदा महिलाहरू समूहमा भेला भई परम्परागत बाध्य वादनका साधन बजाउने, नजिकैको मन्दिर सार्वजनिक स्थलमा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । गाउँथे, नाच्थे । भने अहिले त मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । 

तीजमा पश्चिमेली शैली

पहिले चुल्हो चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । अहिले त टोल टोलमा समूह बनाएर एक महिना अघिदेखि नै नाचगान र खानपिनका कार्यक्रम गरिन्छ । यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको समाजका अगुवाहरु बताउछन ।

हिजोआज तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको फलस्वरूप मौलिकता हराउन थालेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्ने समाजका अगुवाहरुकाे भनाई छ ।

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउन नहुने वहाहरुकाे तर्क छ  । आर्थिक भार बढिरहेको छ भने गरिबहरुलाई पर्व कसरी मनाउने भनेर चिन्ता पनि थपिदैछ । यो निकै नराम्रो पक्ष हो ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्त्व उत्तिकै छ ।  त्यसैले यसलाई संरक्षण र सम्वर्द्धन गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्व रहेकाे अगुवा हरुले उल्लेख गर्ने गरेका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>