Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ १९ गते आइतबार

नेपाली काग्रेस कंचनपुर बाट मंशिर  ४ काे निर्वाचनका लागि सिफारिस शुचि यस्ताे छ ।

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक सिटका लागि नाम सिफारिस भएर जिल्लामा आएको कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले बताए ।

उनका अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दिवानसिंह बिष्ट र समानुपातिकतर्फ कृष्णादेवि गिरीको एकल नाम सिफारिस भएको छ। क्षेत्र नं. १ को प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ। यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिश भएको छ ।

प्रत्यक्षतर्फ एनपी साउद, हरि बोहरा र प्रेम बलायर रहेका छन् । प्रदेशसभा 'क' मा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस भएको छ । प्रदेश सभा (ख)को प्रत्यक्षतर्फ बहादुरसिंह थापाको एकल नाम सिफरिश भएको छ भने समानुपातिकतर्फ २१ जनाको नाम सिफारिश भएको छ ।

निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस भएको छ प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ रमेश लेखक र प्रेमबहादुर बिष्टको नाम सिफारिश गरिएको हो । समानुपातिकतर्फ ११ जनाको नाम सिफारिश भएको छ।

प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ २४ जनाको नाम सिफरिश भएको छ । प्रदेशसभा 'ख' मा प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफरिश गरिएको छ ।

‘क्षत्रिय समितिहरुबाट आएका नामहरु राखेर जिल्लाको रायसहित प्रदेशमा पठाउँछौं,' कांग्रेसका जिल्ला सचिव भट्टले भने, 'प्रदेश कार्य समितिले नै आवश्यक निर्णय लिन्छ।'

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>