Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ भदौ २२ गते बुधबार

मंशिर ४ काे निर्वाचनका लागि दार्चुला बाट बडू,ठगुन्ना र जाेशी सहित यी नेता परे सिफारिसमा

दार्चुला बाट नेपाली काग्रेस, नेकपा एमाले र माओवादि केन्द्र ले संघ र प्रदेश सभाका लागि उमेदबार सिफारिस गरेकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कांग्रेस दार्चुलाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बडूसहित ४ नेतालाई सिफारिस गरेको हो मन्त्री बडूसहित चार जनालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ, प्रदेश सभाका दुवै क्षेत्र र समानुपातिकमा नेताहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहोराले जानकारी दिए ।

दार्चुला कांग्रेसले बडूसँगै नेताहरू विक्रमसिंह धामी, जगदीश पाल र गौरीशंकर गिरीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ। समानुपातिकमा जिल्ला सभापति ललितसिंह बोहोरा, गणेश भट्ट, पदमराज पन्त, नन्द बम र अमरसिंह धामीलाई सिफारिस गरिएको छ ।

बोहोरा र बमलाई प्रदेश सभा 'क' को प्रत्यक्षमा उम्मेदवार बनाउन पनि सिफारिस गरिएको छ।

दार्चुलाबाट एमालेले हालका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नालाई सिफारिस गरेको छ ।

उनलाई एमालेले एकल सिफारिस गरेको हो भने माओवादी केन्द्रले २०६४ का संविधासभा सदस्य लक्ष्मणदत्त जोशीलाई सिफारिस गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>