नेकपा माओवादी केन्द्र बैतडीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बैतडी इन्चार्ज नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) को नाम सर्वसम्मत सिफारिस गरिएको जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ लक्ष्मी ओड र स्वेता भट्टको नाम सिफारिस भएको छ। बैतडी प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ शंकर भण्डारी, रणबहादुर कुँवर, प्रेमप्रकाश भट्ट (आदित्य), दल बहादुर धामी र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा (२)मा डा.केदारचन्द्र भट्ट, गोपाल चन्द, इश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस भएको छ। प्रदेशसभाको समानुपातिकतर्फ पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल बिकको नाम सिफारिश गरिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया