नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ ।
बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी संसद बिना मगरको एक नाम सिफारिस गरेको हो ।
नेकपा माअोवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले क्षेत्र १बाट संघीय उम्मेदवारका लागि मगरको नाम सर्वसम्मतबाट सिफारिस गरिएको बताए । माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधान सभा सदस्यमा पराजित भएकी थिईन । ०७४मा आफ्ना निकटतमप्रतिद्वन्दी काँग्रेसका उम्मेदवार दिवान सिह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिईन । संसद निर्वाचित भएसंगै खानेपानीमन्त्री भएकी मगर यस पटक पनि निर्वाचित भएसंगै मन्त्रीकै रुपमा हेरिएको छ । भारतसंग सीमा जोडिएको, विकासका दृष्ट्रिकोणले पछाडी परेको क्षेत्र भएकाले क्षेत्र १ को सम्बृद्धिका लागि मगरलाई अघि सारिएको माओवादी केन्द्रका स्थानीय नेताहरुले बताएका छन । यस पटक काँग्रेसग गठबन्धन हुने भएपछि मगरलाई बलिया उम्मेदवारकै रुपमा हेरिएको छ । काँग्रेस नेताहरुले संघमा माओवादीले पाए प्रदेशका काँग्रेसले पाउने दावि गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया