Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ २७ गते सोमबार

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति ।

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरिएको जानकारी गराएका हुन् । सहमति अनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने छ ।

दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली तय गर्ने सहमति पत्रका उल्लेख छ ।

संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताए । उनले निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमति रहेको बताए ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले पनि निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>