Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
धनगढी
२०७९ भदौ २७ गते सोमबार

७ बुदे माग सहित डाक्टर गाेबिन्द केसिले सुरु गरे धनगढिमा सत्याग्रह

चिकित्सा शिक्षा सुधारको माग गर्दै प्राडा गोविन्द केसीले सोमबारदेखि सत्याग्रह सुरु गरेका छन् । उनले कैलालीको धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका हुन्।

डा. केसीले धनगढी उपमहानगरपालिका-१ स्थित एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट सरकारसँग विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह सुरु गरेको जनाएका छन्।

सरकारले पछिल्लो पटक दुई साताको अल्टिमेटम दिँदा समेत आफूले तीन करोड नेपालीका लागि उठाएका माग सम्बोधन गर्न तयार नभएकाले प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह प्रदेशमा पुगेर सत्याग्रह थालेको डा. केसीले बताए ।

प्रधानमन्त्रीलाई पटक पटक भेटर माग पूरा गर्न आग्रह गरेको तर बेवास्ता गरेपछि उनकै गृह प्रदेशमा पुगेर सत्याग्रह गर्ने निर्णय लिएको केसीको भनाई छ । उनले आफु नेपाली नागरिकको स्वास्थ्यका लागि सत्याग्रह गरिरहेको बताउदै अरुले आफू अनुकुल व्याख्या गर्दैमा फरक नपर्ने बताए।

डा. केसीले देशका सबै सरकारी अस्पतालहरुको दरबन्दीअनुसार चिकित्सक र बेड संख्या बढाउन, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्न, संविधानले प्रदत्त गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

उनले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायतका आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन बन्द गर्नुपर्ने, सबै स्वास्थ्य संस्थामा सरकारले तोकेको सूची अनुसारका निःशुल्क औषधी उपलब्ध गराउनुपर्ने, दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गर्नुपर्ने लगायतका माग गरेका छन् ।

हामिले राखेका मागहरुको यसबीच सरकारले कुनै सुनुवाइ नगरेकाले यही भदौ २७ गते अपरान्ह ५ बजे देखि सत्याग्रह शुरु गरेको जानकारी गराउँछौं भनी बिज्ञप्तिमा उल्लेख छ ।

यस्ता छन मागहरु

१. स्वास्थ्य सेवामा सुधारका लागिः

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।

जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् ।

संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।

सरकारले तोकेको सुची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्

स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्। देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्था चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्।

सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस्। प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैर चिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।

२. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् ।

विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्। यस अगाडि हामीसित सम्झौता भए बमभोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्।

३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।

४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्। भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरु तत्काल सच्याइयोस् । प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गरियोस् ।

५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामुलक बनाउने - व्यवस्थाको कार्यान्वयन गरियोस्। मापदण्ड नपुगेका नर्सिङ कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस्।

६. चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्री परिषद्बाट पारित गरियोस् । निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस्।

७. जलबायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>