Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २८ गते मङ्गलबार

राष्ट्रिय अनुसन्धन विभाग प्रमुखमा थापा

सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा हुतराज थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार एआईजीसरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीसरह) मा बढुवा गरेको हो ।

विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

थापा विभागका दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमध्ये पहिलो वरीयतामा थिए । विभाग प्रमुख बन्न अर्का एआईजी ओम जोशी पनि प्रतिस्पर्धामा थिए तर सरकारले पहिलो वरीयताका थापालाई नै प्रमुखमा बढुवा गरेको हो ।

बढुवासँगै थापा अबको ३ वर्ष नेतृत्वमा रहनेछन् । रोल्पा स्थायी घर भएका ५२ वर्षीय थापाले २०५३ मा शाखा अधिकृतसरहको पदबाट सेवा प्रवेश गरेका थिए । उनी गत साउन ३० मा मात्रै एआईजीमा बढुवा भएका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले थापा प्रमुखमा बढुवा भएपछि रिक्त पदमा अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको छ । कार्की हाल कर्णाली प्रदेशको राअवि प्रमुख छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>