Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २८ गते मङ्गलबार

राष्ट्रिय अनुसन्धन विभाग प्रमुखमा थापा

सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा हुतराज थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार एआईजीसरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीसरह) मा बढुवा गरेको हो ।

विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

थापा विभागका दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमध्ये पहिलो वरीयतामा थिए । विभाग प्रमुख बन्न अर्का एआईजी ओम जोशी पनि प्रतिस्पर्धामा थिए तर सरकारले पहिलो वरीयताका थापालाई नै प्रमुखमा बढुवा गरेको हो ।

बढुवासँगै थापा अबको ३ वर्ष नेतृत्वमा रहनेछन् । रोल्पा स्थायी घर भएका ५२ वर्षीय थापाले २०५३ मा शाखा अधिकृतसरहको पदबाट सेवा प्रवेश गरेका थिए । उनी गत साउन ३० मा मात्रै एआईजीमा बढुवा भएका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले थापा प्रमुखमा बढुवा भएपछि रिक्त पदमा अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको छ । कार्की हाल कर्णाली प्रदेशको राअवि प्रमुख छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>