Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ३० गते बिहिबार

निर्वाचनमा खटिने प्रहरिलाई ७ र १२ सय दैनिक भत्ताकाे ब्यावस्था गर्न सहमति ।

निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।

आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।

‘आफु कार्यरत स्थानमा खटिने र बाहिर जिल्लामा खटिने प्रहरीका लागी फरक–फरक दरमा भत्ता दिने निर्णय भएको छ’ प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दानबहादुर कार्कीले भने–‘कार्यालय सुरक्षामा खटिने प्रहरीले पनि भत्ता पाउँछन् ।’

आफु कार्यरत जिल्ला बाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासन बापतको रकम भने पाउँदैनन् । म्यादी प्रहरी र निर्वाचन खटिने सकल दर्जाले ४ दिन खाजा खर्च पाउँछन् । ४ दिनका लागि दैनिक ३ सयको दरले खाजा खर्च दिन अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।

त्यस्तै, निर्वाचनमा खटिने प्रहरीका लागि आवश्यक औषधी खरिद गर्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई ५० लाख निकासा दिएको छ । औषधी किन्न ५० लाख निकासा भएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

निर्वाचन अवधिमा १० दिनका लागि प्रहरीले १ हजार ५० वटा गाडी भाडामा लिने भएको छ । गाडी भाडामा लिन र प्रहरी कर्मचारी ओसारपसारका लागि बस रिजर्भ गर्न आवश्यक भाडा रकम अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निकासा दिन सहमति दिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>