डडेलधुराकाे अजयमेरु गाउँपालिकाले चाडपर्व दशैका अवसरमा छुटमा उपभाेग्य सामाग्रि बितरण गर्ने भएकाे छ ।
दशै लक्षित गरेर पालिकाले बीस प्रतिशत छुट दिएर सामाग्रि बिच्ने भएकाे छ । चिनि,तेल, नुन, साबुन धुने र नुहाउने गरि ५ सामाग्रिमा छुट सहित बिक्रि गर्ने भएकाे हाे ।
अशाेज १० गते बाट सबै वडाहरुमा बिक्रि गर्ने सामान प्रति परिवार चिनि प्रति परिवार ५ किलाे, नुन १ किलाे, तेल १ लिटर, साबुन धुने ९ गाेटा, साबुन नुहाउने ५ गाेटा बिक्रि गर्ने सुचनामा जनाएकाे छ ।
उक्त सामाग्रिमा चिनि एक सय दुई रुपैया किलाे, नुन तेईस रुपैया सात पैसा किलाे, तेल दुई सय पन्चानब्बे रुपैया किलाे, साबुन धुने १२५ ग्रामकाे १७ रुपैया सात पैसा गाेटा र साबुन नुहाउने ६० ग्रामकाे सत्र रुपैया चालीस पैसा पर्ने उल्लेख गरेकाे छ ।
यसरी बिक्रि गर्ने सामाग्रि पालिकाकाे मूल्य भन्दा सस्ताे मुल्यमा स्थानिय बजारमा पाईने स्थानिय वासि बताउछन । देवलकाे भुमिराज किराना पसलका संचालक हरि सिह खड्काले ९०- ९५ रुपैयामा जतिपनि चिनि दिन सकिने बताउछन । यसरी उपभाेग्य सामाग्रि महङ्गाे मुल्यमा ल्याएर छुट दिनुकाे कुनै अर्थ नहुने स्थानिय बताउछन ।
वडा ६ का अध्यक्ष हरि भण्डारि आफू कामले बाहिर रहेकाे भर्खर याे सुचना पाईयाे यसरी महङ्गाे सामान भएमा आफू कार्यान्वयन चरणमा सहभागी नहुन सक्ने बताउछन । जनता लाई राहत दिन कार्यक्रम ल्याएकाे हाे भने सस्ताे हुनुपर्ने बताउछन ।
महङ्गाे मुल्यमा सामान ल्याएर छुट दिनुकाे अर्थ के हुन्छ भनेर पालिका अध्यक्ष उमेष प्रसाद भट्टलाई साेद्धा वहाले समान खरिद गर्न १५ दिने सुचना निकालेर सार्वजनिक खरिद प्रक्रिया बमाेजिम सामान किन्न आब्हान गरेकाे हाे, सामान बेच्न ४ ओटा फर्महरु सहभागी भएकामा जगन्नाथ जनरल स्टाेर बागबजारले अरु भन्दा सस्ताेमा सामाग्रि दिने भएपछि स्वीकृत भएकाे हाे । अरु सामान ठिक भए पनि चिनि महङ्गाे देखिएकाे छ, यश बिषयमा बुझ्दा बिल सहितकाे नेपाली चिनि महङ्गाे पर्ने र भारतिय चिनि सस्ताे पर्ने ब्यापारिहरुले बताएका छन । काम विधि प्रकृया अनुसार नै गरेकाे बताए । 
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया