Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०७ गते शुक्रबार

डडेलधुरा मा देउवा बिरुद्ध लडन एमालेकाे साथ खाेज्दै मल्ल, मल्लले भेटे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा कुराकानी भएको हो ।

एमाले र विपी काँग्रेस सँगै निर्वाचनमा जानेबारे व्यापक  छलफल भएको काग्रेस बिपिका नेताले बताएका छन ।  उनले भने, ‘आसन्न निर्वाचनमा दुबै पार्टी सँगसँगै जनताका बीचमा जाने कुरामा पनिे छलफल भयो । दुई वटै पक्षले एक आपसमा बसेर गृहकार्य गरि चाँडै टुंगो लगाउने  सहमति पनि भएको छ ।’

नेपाली कांग्रेसबाट निष्कासित मल्ल डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।
संघको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका छन् । डडेलधुरामा एमालेबाट पठनसिंह बोहरा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारका आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>