Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०७ गते शुक्रबार

डडेलधुरा मा देउवा बिरुद्ध लडन एमालेकाे साथ खाेज्दै मल्ल, मल्लले भेटे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा कुराकानी भएको हो ।

एमाले र विपी काँग्रेस सँगै निर्वाचनमा जानेबारे व्यापक  छलफल भएको काग्रेस बिपिका नेताले बताएका छन ।  उनले भने, ‘आसन्न निर्वाचनमा दुबै पार्टी सँगसँगै जनताका बीचमा जाने कुरामा पनिे छलफल भयो । दुई वटै पक्षले एक आपसमा बसेर गृहकार्य गरि चाँडै टुंगो लगाउने  सहमति पनि भएको छ ।’

नेपाली कांग्रेसबाट निष्कासित मल्ल डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।
संघको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका छन् । डडेलधुरामा एमालेबाट पठनसिंह बोहरा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारका आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>