Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ११ गते मङ्गलबार

किनमेल गर्न जाँदै हुनुहुन्छ ख्याल गर्नुहाेस, कंचनपुरमा म्याद गुज्रेका सामाग्रि छ्याप छ्याप्ति ।

महेन्द्रनगर बजारमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएका छन्। भीमदत्त नगरपालिका, महेन्द्रनगर बजारका विभिन्न किराना पसलमा भेटिएका हुन्। 

 जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दसैँ, तिहारका वेला बजारमा अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरेको छ। 

मंगलबार पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्वमा संयुक्त बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ओमशाही किराना पसलबाट २७ बोरा चामल बरामद गरेको हो। 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोकसिंह भण्डारीले ओमशाही किराना पसलबाट म्याद सकिएका खाद्य सामग्री बरामद गरिएको बताए। ‘हामीले म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरेका छौँ,’ सहायक प्रजिअ भण्डारी भने, ‘चामलको बोरामा उत्पादन मिति नै भेटिएन।’ 

ओमशाही किराना पसलका सञ्चालक कैलाश गुप्ताले भैरवहाबाट चामल ल्याएको बताए। उनले शिखर फुड्स प्रालिबाट भारतीय कम्पनीबाट उत्पादित चामलमा त्रुटि भएको स्वीकार गरेका छन ।

 सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बजारका अन्य पसलमा समेत म्याद गुज्रिएका सामान भेटिएको र बरामद गरिरहेको बताए। ‘चाडबाडका वेला खाद्य सामग्रीमा मिसावट, म्याद गुज्रिएका सामान बिक्री–वितरण भइरहेका छन,’ उनले भने, ‘आमउपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने चलखेल रोक्नका लागि समयमै अनुगमन गर्दै छौँ ।’ 
कंचनपुरकै शुक्लफाँटा नगरपालिकामा यहि हप्ता अनुगमनका क्रममा म्याद ग्रुज्रिएका खाद्य सामाग्रि र मेडिकलहरुमा डाक्टरकाे प्रेसक्रिप्सन बिना बिक्रीवितरण गर्न नपाईने औषधिहरु फेला परेका छन ।
महेन्द्रनगर बजारमा संयुक्त बजार अनुगमन हुन थालेपछि कालोबजारी गर्नेवालाहरू त्रसित भएका छन्। उपभोक्ताले नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।                     

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>