Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज १२ गते बुधबार

कर्जा सिमा संशाेधन नगरि लागू गरिए उद्याेगि व्यावसायी बिस्तापित हुन सक्ने: कंचनपुर उद्योग वाणिज्य संघ ।

कञ्चनपुर उद्योग बाणिज्य संघले राष्ट्र बैंकले तोकेको चालु पुँजी कर्जा सीमामा असन्तुष्टि सार्वजनिक गरी संशोधनको माघ अघि सारेको छ ।

संघले कर्जा सीमालाई उद्योग व्यवसायीका लागि अव्यवहारिक नीति भनेको छ । संघका अध्यक्ष पिताम्बर जोशीले विज्ञप्ति प्रकाशित गरी कर्जा सीमामा असन्तुष्टि व्यक्त गरेका छन् ।

‘उद्योगको प्रकृति अनुसार फरक चालु पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड भन्दा वृद्धि चालु पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्र गरिनु व्यवहारिक नभएको र कर्जा सीमाले व्यवसाय सञ्चालन गर्न मात्रै नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पर्ने भएको हुँदा यसलाई परिमार्जित गरी अबिलम्ब उद्योगी व्यवसायीहरुमा पर्ने जटिल समस्यालाई निराकरण गर्न संघ हार्दिक अनुरोध गर्दछ’ संघका अध्यक्ष जोशीले सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

राष्ट्र बैंकले भदौ ७ गते चालु पूँजी मार्गदर्शन २०७९ जारी गरी कर्जा सीमा लगाएको हो । विज्ञप्तिमा संघले कर्जा सीमाले राष्ट्रको उद्योग व्यवसायमा असर पर्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष जोशीले राष्ट्र बैंकको कर्जा सीमा नीति संशोधन नगरी संशोधन लागू भएमा उद्योग व्यवसाय विस्थापित हुने चिन्ता जाहेर गरेका छन् ।

‘राष्ट्र बैंकको यस नीतिले उद्योग, व्यवसायीहरु पुनः अझ धराशायी हुन गई विस्थापित हुने स्थिति उत्पन्न नहोला भन्न सकिन्न’ विज्ञप्तिमा भनिएको छ । यस्ताे छ बिज्ञप्ति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>