Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज १७ गते सोमबार

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराकाे नाम बन्द सुचिबाट हटाईयाे ।

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।
महरा आफैंले नाम हटाउन लगाएको स्रोतले बतायो।
उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए।

माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।

उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

उनले अवसर पनि पर्याप्त पाएका छन्। ६ पटक मन्त्री र एकपटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका छन्।

महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।

महराले माओवादी केन्द्रको सांस्कृतिक मोर्चामा लामो समय काम गरेकी थिइन्। उनी 'जनयुद्ध'मा समेत भूमिगत थिइन्।
महराका दुई छोराछोरीसहित सिंगो परिवार 'जनयुद्ध'मा भूमिगत भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>