Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २७ गते बिहिबार

आफुलाई हराउन नसकिने भएपछी टिकट बाट बन्चित गराईयाे : एमाले नेता रावल
फायल फाेटाे


नेकपा एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् । 

‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलले भने, ‘यस्तो गर्नु कार्यकर्ता र जनताको भावनालाई कुल्चनु हो । यस्तो कार्य गर्नु स्वेच्छाचारी निन्दनीय कार्य हो ।’ 

आम चुनावको चर्चा हुन थालेपछि आफू विरुद्ध षड्यन्त्र हुन थालेको रावलले बताएका छन् । ‘आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव नलड्ने भनेर सुनियोजित प्रचार भयो । मेरो एकल उम्मेदवारी सिफारिस भएपछि मेरो घरमा आएका सुदूरपश्चिमका नेता कार्यकर्तालाई चुनाव लड्न तयार रहेको भनेको थिए । अछाम एकबाट चुनाव लड्ने भन्दै आफ्नो मन्तव्य समेत दिएको थिए । त्यो भेला रोक्ने प्रयास समेत गयो चुनाव नलड्ने भन्ने भनि गरिएको प्रचारको खण्डन गरेपछि सम्पर्कविहीन भएको भन्दै कुप्रचार गरियो’ रावलले भने– ‘मैले ओलीजीसँग सम्पर्क गरेपछि मैले माफी मागेपछि टिकट दिने अर्को प्रचार आयो । माफी माग्नुपर्छ भन्ने हास्यास्पद भएको भन्दै प्रतिक्रिया दिए ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>