Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २८ गते शुक्रबार

माओवादी केन्द्र कैलालीका वागि उमेदवारलाई गर्याे कार्वाही ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही गरेको जनाएको छ ।

कैलाली संघीय निर्वाचन क्षेत्र न.४ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा (क) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख गरिएको छ । सापकोटा माओवादी केन्द्रका गौरीगंगा नगर समिति उपाध्यक्ष हुन भने बस्नेत साधारण सदस्य हुन ।

वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारी सहित मुलुक निर्वाचनको प्रकृयामा अगाडी बढीरहेको सन्र्दभमा यस प्रदेशमा उम्मेदवार मनोनयनको दिन वाम लोकतान्त्रिक गठबन्धनको निर्णय विपरीत गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिई मनोनयन दर्ता फिर्ता समय सीमा भित्र पनि उम्मेदवारी फिर्ता नगरेर पार्टीको नीति, निर्देशन र निर्णय विरुद्ध उम्मेदवारी दिइ पार्टी अनुशासनको गम्भिर उल्लंघन गरेकोले सापकोटा र बस्नेतलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारर्वाही गरिएको विज्ञप्तिमा भनिएको छ ।

सापकोटा र बस्नेतलाई पार्टीले पटकपटक बोलाउन खोज्दा छलफल गर्न खोज्दा,छलफल गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्न खोज्दा सम्पर्कमा नै नआएको र पार्टीको निर्देशन नमानेका कारण कारबाही गरिएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।

कैलाली क्षेत्र नं. ४ प्रदेश सभा (क) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नं. ५ प्रदेश सभा (क)मा सत्ता गठन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>