Samriddhipost
२०८२ फागुन १८ गते सोमबार
ट्रेन्डिङ
भावना बडू
२०७८ कार्तिक २६ गते शुक्रबार

कञ्चनपुरका सीडीओलाई ज्ञापन पत्र समेत एक लिटर डिजेल
ज्ञापन पत्र बुझाउदै अनेरास्ववियु कंचनपुर अध्यक्ष कमल राेकाया

महेन्द्रनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

युवा संघ कञ्चनपुरका उपाध्यक्ष दिनेश विष्ट र अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र र एक लिटर डिजेल शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

परमादेशबाट बनेको सरकारको निर्देशनमा पटक–पटक नेपाल आयल निगमले मूल्य वृद्धि गरी जनताका आधारभूत आवश्यकताको वेवास्ता गरेको युवा संघ र अनेरास्ववियुको आरोप छ ।

युवा संघ र अनेरास्ववियुले  मूल्य वृद्धि खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासकाे मूल्य १२ दिनकाे अन्वृतरमा दाेस्राे पटक मुल्य बृद्घि गरेकाे थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>