नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य जयराज पाण्डेय पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारवाहीमा परेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले उनलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासनको कारवाही गरेको हो ।
एमाले प्रदेश कमिटीले पाण्डेसंगै प्रदेश कमिटी सदस्य प्रेम शाह र यज्ञराज बास्तोलाई पनि साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ ।
एमालेका प्रदेश कमिटी सचिव धर्मराज पाठकले सार्वजनिक विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा गरेको गतिविधिले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गरी कारवाही गरिएको उल्लेख गरेका छन् ।
एमालेबाट कारवाही गरिएका पाण्डेय प्रदेश सभा सदस्यका दाबेदार थिए । एमालेले टिकट नदिएपछि उनी पार्टी छाडेको यस अघि घोषणा गरेका थिए । पाण्डेय २०५४ मा एमालेबाट तत्कालिन कृष्णपुर गाविसमा अध्यक्ष निर्वाचिच भएका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया