Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २० गते आइतबार

लक्ष्मिदत्त बाेहाेराले ब्यावसायिकाे पसलकाे ताला फुटाएर सामान जफत गरे । नगरबिकासका पसलमा ब्यासायि भाडामा बिचमा भाडा खाने अरुनै ।

भीमदत्त नगरपालिका–४ का निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता लक्ष्मी बोहराले एक जना व्यापारीका सामान जफत गरेका छन्। २०७१ सालदेखि तत्कालिन महेन्द्रनगर विकास समितिको सटरमा व्यापार गरिरहेका हरिश भट्टको पसलमा भएका सामान बोहराले जफत गरेका हुन्।

बोहराले पसलको ताला चाबि फुटाएर सामान जफत गरेको हरिश भट्टका भाई जनकराज भट्टले बताए। ‘दाजु दुर्घटाना परेर उपचारको क्रममा जिल्ला बाहिर थिए,’ उनले भने, ‘त्यसैको फाइदा उठाएर बोहराले पसलमा भएका सामान सबै लिनुभयो, यसमा वडा नं. ४ का वडा अध्यक्ष शुशिल भट्टको समेत मिलोमतो छ।’

२०७१ सालमा हरिशले शेरबहादुर धानुकबाट ७ लाखमा सटर किनेका थिए। ‘खुल्ला मञ्चको अगाडी रहेको एउटा सटर शेरबहादुर धानुकबाट ७ लाखमा किनेका थियौं, त्यहाँ अहिलेसम्म व्यापार गरिरहेका थियौं,’ उनले भने, ‘साउनमा दाजु दुघर्टनामा पर्नुभयो, त्यसपछि पसल बन्दभयो।’

वडा नम्बर ४ को कार्यालयबाट सूचना टाँस गराएर बोहराले सटरमा लगाइएको ताला फुटाएर सामान जफत गरेको उनको भनाई छ।

‘लामो समयदेखि भाडा नदिएकाले सटर हटाउनु भन्दै वडा कार्यालयले सूचना जारी गरेको छ, हामीले भाडा तिरेकै थियौं, मासिक ६ हजार बोहरालाई बुझाउँथ्यौं,’ उनले भने, ‘सटर अरुलाई बेच्नका लागि बोहराले वडाबाट झुटो सूचना जारी गर्न लगायो।’

यस विषयमा बोहरासँग कुरा गर्न ९८४८७२०२९२ नम्बरमा सम्पर्क गरेपनि उनको मोबाइल बन्द छ। पीडित पक्षले न्यायको माग गर्दै कञ्चनपुर उद्योग बाणिज्य संघमा समेत निवेदन दिएका छन्।                              भिमदत्तनगरपालिका वडा ४ महेन्द्रनगर बजारमा रहेका बिभिन्न पसल नगरबिकास बाट मानिसहरुले सटर सस्ताे भाडामा लिएर अरु ब्यावसायीहरुलाइ महङ्गाे भाडामा दिने गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>