Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २४ गते बिहिबार

चर्काे ब्याजदर बिरुद्ध ब्यावसायि एकजुट, धरासायि हुने अवस्था आयाे ब्यावसायी ।

देशभर समेत कंचनपुरका उद्यमी व्यवसायी धराशायी हुने अवस्थामा पुगेकाे ब्यावसायीहरुले बताएका छन । यसैकारण ब्यावसायी सरकार गुहार्न पर्ने अवस्थामा पुगेका छन् । अहिले उद्यमी व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने भएकाे बताएका छन ।

विभिन्न कारणले कारोबार घटेपछि ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका उद्यमी व्यवसायी बैंक ब्याजदर बढेपछि थप समस्यामा परेका छन् । बैंकको ब्याजदर घटाउनु पर्ने सहितका मागहरु लिएर उनीहरु सरकारी निकाय पुग्न थालेका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघले सबै उद्यमी व्यवसायीको नेतृत्व गरी सरकारलाई दबाव दिन थालेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई बुधबार बाणिज्य संघ लगायतका संघ संस्थाले ज्ञापन दिएर सामूहिक दबाव दिएका छन् ।

‘बैंकका ८ प्रतिशतबाट ब्याज बढेर १८ प्रतिशतसम्म पुगेको छ, कसैकसैकाे त २० प्रतिशत सम्म पुगेकाे छ । ब्याजदर बढ्यो, कारोबार धेरै घटेको छ, १० हजार दैनिक आम्दानी हुने ठाउँमा दुई हजार हुन सकेको छैन’ कञ्चनपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेश मल्लले भने,‘व्यवसायी अहिले बैंकलाई पुरानाे दरकाे ब्याजदर तिर्न सक्ने अवस्थामा छैनाै, बढाएर त झन समस्यामा नै परेका छउ ।’

बैंकले ब्याजदर बढाएर अशुल गरे पनि ऋण भने लगानी नगर्दा व्यवसायी झन मारमा परेको उनको भनाई छ । सरकारले जग्गा कित्ताकाट रोक्का गरेकाले व्यवसायीलाई जग्गा बेचेर पनि ऋण तिर्न सक्ने अवस्था नदेखिएको कार्य वाहक अध्यक्ष मल्लले बताए ।

‘जग्गा कित्ताकाट रोकिएको छ, जग्गा बेचेर पनि ऋण तिरौला भन्न छैन, बैंकले ऋण दिई रहेको छैन’ उनले भने,‘यस्तो अवस्थामा व्यवसायीसित केही विकल्प छैन, सरकारले आवाज सुन्नु पर्छ, अब निरन्तर दबाव दिन्छौ ।’

संघका कार्य वाहक अध्यक्ष मल्लको नेतृत्वमा उद्यमी व्यवसायीका विभिन्न एक दर्जन संघ संस्थाले संयुक्त माग राखेका छन् । संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल र पूर्व अध्यक्ष सुरेश रावल पनि ज्ञापन बुझाउन प्रशासन कार्यालय पुगेका छन् ।

ज्ञापन पत्रमा बैंकको सेवा शुल्क वृद्धि खारेजी, बैंकको स्प्रेडदर ३ प्रतिशत बनाएर वेस रेट २ प्रतिशत बनाउनु पर्ने, चालु पूँजी खर्च खाताबाट किस्ता तिर्ने व्यवस्था गरिनु पर्ने, बैंकले अघि बढाएका लिलामी प्रक्रिया रोकिनु पर्ने, मौद्रिक नीति अनुसार छुट दिनु पर्ने र कोभिड महामारीमा लागू गरिएको पुनःकर्जालाई थप दुई वर्ष निरन्तरता दिनु पर्ने माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालयलाई उनको कार्यकक्षमा ज्ञापन बुझाईएको छ । ज्ञापन पत्रमा बाणिज्य संघका कार्य वाहक अध्यक्ष मल्ल सहित निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्ट, होटेल व्यवसायी संघका अध्यक्ष जगदीश प्रसाद भट्ट, हार्डवेयर तथा निर्माण व्यवसायी संघका अध्यक्ष देबराज मिश्र, महाकाली बहुउद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्त, मदिरा व्यवसायी संघका अध्यक्ष राहुल भट्टले हस्ताक्षर गरेका छन् ।

यसैगरी कञ्चनपुर काष्ठ व्यवसायी संघका अध्यक्ष गजेन्द्र बिक्रम थापा, डिलर एसोसिएसनका अध्यक्ष हेमराज भट्ट, कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनार, पवनदूत सार्वजनिक यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष महेश बोहरा, सुनौलो महाकाली यातायात प्रालि.का अध्यक्ष जनक बहादुर चन्द, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुडा र कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत सुनारले पनि विज्ञप्ति हस्ताक्षर गरेका छन् ।

संघले यस अघि बैंक ब्याजदर घटाउन बैंकसित कार्यक्रम गरेको थियो । ब्याजदर वृद्धि लगायत विरुद्ध कोलहपुरमा गरिएको आन्दोलनमा समेत उद्यमी व्यवसायी सहभागी भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>