Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

ईसान अस्पतालका एच आर कुवरकाे उपचारका क्रममा मृत्यू ।

कंचनपुकाे बेलाैरि स्थित इशान मेमोरियल अस्पतालका एचआर प्रमुख मिनबहादुर कुँवरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

शुक्रबार दिउँसो बेलौरी नगरपालिका–३ बुटाबारीमा घाँस बोकेर हिँडिरहेकी महिलासँग मोटरसाइकल ठोक्किदा ४२ वर्षीय कुँवर घाइते भएका थिए। उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उनको मृत्युु भएको प्रहरीले जनाएको छ।

एक जना छिमेकीको मलामी जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो। कुवरले चलाएको से ७ प४१५९ नम्बरको मोटरसाइकलले स्थानीय जानकीदेवी बोहरालाई ठक्कर दिएको थियो। महिलालाई सामान्य चोटपटक लागेको छ। 

घाइते भएका कुँवरलाई उपचारका लागि सुरुमा उनी कार्यरत इशान मेमोरियल अस्पतालमा लगिएको थियो। कुँवरको स्वास्थ्य अवस्थामा सुधार नभएपछि शुक्रबार बेलुका धनगढीस्थित निसर्ग अस्पतालमा पु-याइएको र त्यहीँ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

शुक्रवार राति करिब ९ बजे कुँवरको मृत्यु भएको थियो।

कुँवरको मृत्युपछि उनका आफन्तले शव इशान मेमोरियल अस्पतालमा राखेका थिए। आक्रोशित स्थानीयले   उपचारमा लापरवाही गरेको भन्दै अस्पतालमा तोड्फोडसमेत गरेका छन्।

उनीहरुले शनिबार बिहानैबाट बिरोध गरिरहेका थिए। प्रहरी निरीक्षक भण्डारीका अनुसार उपचारमा लापरबाही गरेको भन्दै मृतकका आफन्तहरुले अस्पतालका सिसा तोड्फोड गरेका छन्।

‘बिहानैबाट टायर बालेर सडक अवरुद्ध गरेका थिए,’ भण्डारीले भने, ‘अस्पताल र मृतकका आफन्तबीच सहमति भएपछि दिउँसो २ बजे शव बुझेका छन्।’

श्रीपुर प्राथमिक स्वास्थ्य चौकीमा पोष्टमार्टम गरी शव परिवारलाई हस्तान्तरण गरिएको छ। त्यहाँको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>