Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
दार्चुला
२०७९ मङि्सर १८ गते आइतबार

दार्चुलामा तटबन्द बिवादले नेपाल भारत सिमा पुल बन्द । भारतले महाकालिमा सिमा मिच्न छाेडेन ।

भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएका छन्। विरोधमा नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिएको छ।

भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार भएको हो।

वारिबाट पनि भारततर्फ ढुंगा हानिएको छ। त्यसबारे विस्तृत विवरण आउन सकेको छैन्।

आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

उनले भने केही व्यक्ति घाइते भएपछि पुल बन्द गरिएको खबर आएको छ, वास्तविकता बुझ्न टोली खटिएको छ ।

महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ।

नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने र भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप स्थानिय नेपालिले लगाउदै आएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>