Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

दार्चुलामा भारतले एकाेहाेराे तटबन्ध निर्माण पछि भएकाे बिवादले भारत जाने नेपाली माथि चेकजाँचमा कडाई ।
फायल तस्बिर

दार्चुलामा भारतीय पक्षले नेपाल–भारत आवागमनमा कडाइ गरेको छ। आईतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि साेमबारदेखि भारतीय पक्षले आवागमनमा कडाइँ गरेको हो।
भारतीय नागरिकले बुधबार बिहान दार्चुलास्थित महाकाली नदीमाथिको पुल बन्द नै गराएका थिए। करिब दुई घण्टा बन्द गरेको पुल अहिले भने खुलेको छ।

‘अरु दिन सधै जसो ७ बजे पुल खुल्थ्यो, तर आज नेपालतिर पुल खुल्दा पनि भारततर्फ खुलेको थिएन,’ महाकाली नगरपालिका–४ का अध्यक्ष जगतबहादुर चुनाराले भने, ‘दुई घण्टा पछि पुल खुलेको छ।’

पुल बन्द हुँदा काम गर्न महाकाली पारी भारततर्फ धार्चुला जाने नेपाली नागरिक रोकिएका थिए। पुल खुलेपछि उनीहरु भारततर्फ गइरहेका छन्। तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारततर्फ जाने नेपाली नागरिकमाथि कडाइँ गरेका छन्।

उनीहरुले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेका छन्। ‘नेपालबाट दैनिक ज्याला मजदुरी गर्न भारततर्फ जान्छन्, एसएसबीले कोरोना महामारीको समयमा परिचय खुल्ने कागजपत्र हेर्थ्यो,’ अध्यक्ष चुनाराले भने, ‘पछि कहिले काही मनलाग्दी चेकजाँच हुन्थ्यो, आजबाट फेरि चेक गरिरहेका छन् ।’

उनका अनुुसार भारतीय पक्षले नेपालीको नागरिकता, मतदाता परिचय पत्र वा आधार कार्ड हेरेर भारत प्रवेश दिइरहेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा अनावश्यक चेकजाँच गरेर सास्ती दिइरहेको स्थानीय सुवासचन्द्र बडूले बताए।

सीमामा बारम्बार तनाव हुँदा पनि सरकार मुकदर्शक बनेको उनको आरोप छ। महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए।

त्यसपछि भारतीय नागरिकले नेपालीमाथी ढुंगा प्रहार गर्दा नेपालीले पनि प्रतिकारमा उत्रिएका थिए। महाकाली वारिपारी दोहोरो ढुंगा हानाहान हुँदा चार जना नेपाली सामान्य घाइते समेत भएका थिए।

त्यसको विरोधमा आईतबार नेपाली नागरिकले पुल बन्द गराएका थिए। साेमबार बिहान भारतीय पक्षले दुई घण्टा फेरि पुल बन्द गराएको थियो। बिहान केही समय बन्द रहेको पुल अहिले खुलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घराज उपाध्यायले बताए।

भारतीय प्रशासनसंगको छलफलमा नेपाली पक्षसंग समन्वय गरेर महाकालीको धार परिवर्तन नहुने गरी तटबन्धन गर्ने सहमति भएको छ। ‘महाकालीको धार परिवर्तन नहुने गरी तटबन्धन निर्माण गर्ने सहमति भएको छ, विवाद नरहेको ठाउँमा अहिले काम गर्ने भनेका छन्,’ उनले भने, ‘अहिले स्थिती सामान्य छ ।’

घटनापछि भारतीय पक्षको व्यवहारमा कुनै परिवर्तन नआएको उनले बताए। ‘हामी नेपालतर्फ आउँदा पनि सामान्य परिचय पत्र हेर्छौ,’ उनले भने, ‘भारतीय पक्षको व्यवहारमा कुनै फरक छैन, सहजै ओहोरदोहोर गरिरहेका छन्।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>