Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

महाअभियाेग निस्क्रिय, प्रधान न्यायाधिस राणा सर्बाेच्च फर्किने ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पाँच दिनका लागि सर्वोच्च अदालत फर्कने भएका छन् । उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै पदमा फर्कन लागेका हुन् ।

बुधबार संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको चिठी सर्वोच्चमा पठाएका छन् ।

जबराले उमेरहदका कारण यही मंसिर २७ गते अनिवार्य अवकाश लिनेछन् । उनी यसबीचमा पाँच दिनका लागि प्रधानन्यायाधीशका रूपमा सर्वोच्च फर्कन लागेका स्रोतले बताएको छ ।

उनीविरुद्ध गत वर्ष फागुन १ गते नेपालको संविधानको धारा १०१ को उपधारा २ बमोजिम संसद्को एकतिहाइ सांसदहरूको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गराइएको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

त्यसपछि प्रतिनिधिसभाबाट महाअभियोग सिफारिस समिति गठन गरिएको थियो । सो समितिले उनीसित बयान लिएको थियो । ११ सदस्यीय समितिबाट ६ जनाको बहुमतले जबरालाई दोषी ठहर गरेको थियो । समितिको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइएको थियो ।

समितिबाट दोषी ठहर भए पनि सो प्रस्ताव संविधानको धारा १०१ (२) को व्यवस्था अनुसार प्रतिनिधिसभामा तत्काल कायम सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको कार्यकाल नै समाप्त भएपछि महाअभियोग प्रस्ताव निष्क्रिय गराइएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>