Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

दार्चुला महाकालि बाध प्रकरण समाधानकाे लागि दुबै देशका अधिकारिकाे बैठक बस्याे, यस्ता निर्णय भए ।

दार्चुलास्थित महाकाली नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको निर्माणकार्य रोक्न भारतीय पक्ष तयार भएको छ। नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको तटबन्ध निर्माणले विवाद बढाएपछि भारत पछि हटेको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्ला अधिकारी रिना जोशीबीच बुधबार धार्चुलामा छलफल भएको थियो। छलफलमा भारतीय पक्ष महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न सहमत भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित महाकालीको बहाव नेपालतिर फर्काउने गरी भारतीय पक्षले काम अगाडि बढाएको छ। महाकालीको बहाव नेपालतिर धकेल्ने त्यस क्षेत्रको ‘बाँध’ हटाउन भारतीय प्रशासनले सहमति जनाएको छ।

‘तटबन्ध निर्माण गर्दा रिङ्गनि ताल क्षेत्रमा थुप्रो लागेर बाँध जस्तो बनेको छ, जसले नदीको धार नेपालतिर फर्किएको थियो,’ उपाध्यायले भने, ‘उक्त थुप्रो हटाउन भारतीय पक्ष सहमत भएको छ, विवाद भएको ठाउँमा अहिले काम नगर्ने भनेर सहमति जनायो ।’

भारतीय पक्षलाई १० दिनको अवधि दिइएकोले उनले बताए। त्यस अवधिमा महाकालीको धार नेपालतिर धकेल्ने गरी बनाएको ‘बाँध’ हटाउनु पर्ने छ। तटबन्ध निर्माणका क्रममा भारततिर बनाइएका अनावश्यक अस्थायी संरचना पनि हटाउन भारतीय अधिकारी तयार भएको उपाध्यायले बताए।

‘१० दिनपछि फेरि छलफल गर्ने भनेका छौँ, त्यसपछि विवादित ठाउँमा दुवैतिर समन्वय गरेर काम अगाडि बढ्छ,’ उनले भने। महाकालीको बहाव नेपालतिर धकेल्न खोजेपछि आइतबार दार्चुलाबासी विरोधमा उत्रिएका थिए।

उनीहरुमाथि भारतीय नागरिकले ढुंगा प्रहार गरेका थिए। त्यस क्रममा चारजना नेपाली घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए। भारतीय ज्यादतीविरुद्ध नेपालीहरुले दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए।

त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराए। उक्त घटनाको विषयमा चर्को दबाबपछि भारतीय पक्ष छलफलका लागि तयार भएको थियो। भारतीय ज्यादतीविरुद्ध सरकारले पनि कूटनीतिक नोट पठाइसकेको छ।

त्यसपछि नेपाल र भारतका अधिकारीबीच छलफल भएको हो। छलफलमा नेपालको तर्फबाट उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिष्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे र महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करन सिंह धामी सहभागी थिए। भारतका तर्फबाट पिथौरागढका जिल्ला अधिकारी जोशी र एसडीएम दिवेश शासनी पनि सहभागी थिए। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>