पुनर्वास नगरपालिका–२ अरनिकोबस्तीको मिना आयल स्टोर नजिक गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ।
बेलौरीबाट आइबिआरडीतर्फ जाँदै गरेको से.२ प ६४८२ नम्बरको मोटरसाइकलमा बिहीबार साँझ आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई मोहनबहादुर सिंहले जानकारी दिए।
पुनर्वास नगरपालिका–११ अमरबस्तीका शेरबहादुर देउवाका १८ वर्षीय छोरा स्पर्शले चलाइरहेको २ सय २० सीसीको पल्सर मोटरसाइकलमा आगो लागेको थियो।
मोबिल नहुँदा मोटरसाइकल अचानक सिज भएर ब्रेकबाट आगो लागेको अनुमान गरिएको छ। चालकलाई भने कुनै चोटपटक नलागेको सई सिंहको भनाई छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया