Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ मङि्सर २८ गते बुधबार

कैलालिमा कुटपिटबाट पुरुषकाे मृत्यु हुदा २ घन्टा राजमार्ग बन्द ।

कैलालीमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरमा ४० वर्षीय लालबहादुर बोहराको मृत्यु भएपछि स्थानीयले राजमार्ग बन्द गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले बर्दगोरिया गाउँपालिकाको मुडामा घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध  गरेको बताए । राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन मुडामा रोकिएका छन् ।

डीएसपी जोशीकाअनुसार २४ गते भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिट हुँदा गम्भीर घाइते भएका बोहराको हिजो उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । घटनाको जिम्मा लिएका सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–४ का सुरेन्द्र डगौरा र श्रवण चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>