के तपाइले आलु बालीमा शितले खाएको वा हुस्सुले खाएको अथवा पाला लागेको पनि भन्ने गरेको सुन्नुभएको छ ? यदि सुन्नु भएको छ भने त्यो आलुको पछौटे डढुवा रोग हो ।यो रोग फाइटोफथोरा इन्फेस्टान्स ( Phytophthora infestans ) नामक ढुसिबाट लाग्छ । यस्लाइ आलु बाली उत्पादनको प्रमुख समस्याको रुपमा लिईन्छ । यस्ले किसानहरुलाइ आलु खेतबारिमा मात्र नभई उत्पादन लिदा र भन्डारण गर्दा पनि कुहिन गै ठुलो नोक्सान पुर्याउछ ।
लक्षणहरु:
सामान्यतया यो रोग आलुको पातरुमा देखिन्छ ।
*संक्रमणको शुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्लाहरुदेखा पर्द्छ र अनुकुल वातावरण पाइरहेमा थोप्लाको आकारमा वृद्धि हुन्छ ।
* थोप्लाको बिच भाग कालो र किनारामा कपासको जालो जस्तो देखिन्छ ।
*ओसिलो वातावरणमा ढुसिको अत्यधिक बिकास भै पात्को तल्लो सतहमा थोप्लाको वरिपरि कपासको घेरा जस्तो देखिन्छ ।
* रोग बढ्दै जादा पुरै पात सुकेर बोट डढेको जस्तो देखिन्छ ।
*धेरै सन्क्रमण भएको अवस्थामा पातका अतिरिक्त डन्ठल(petiole), मुना(bud ) तथा डाठ(stem) मा काला ठुला दागहरु देखिन्छ ।
* यदि आलुको दाना मै रोगको संक्रमण भएमा दानाको सतहमा खैरो बैजनी रङ्का दागहरु देखा पर्दछ र त्यो गहिराइ सम्म पुग्दछ ।
नोट: पातलो छाला हुने जातमा लक्षण छिटो र बढी देखा पर्दछ र अनुकुल बाताबरण भएमा रोगले २४ घन्टामा नै माहमारिको रुप लिन सक्छ ।
रोगको ब्यवस्थापन :
१. रोग सहन सक्ने जातहरुको खेती गर्ने जस्तै जनकदेव, खुमल सेतो- १,खुमल रातो- ४ खुमल लक्ष्मि, खुमल उज्ज्वल आदि ।
२. आलु लगाउने उचित समयको छ्नौट गर्ने जस्तै रोगको प्रकोप बढी हुने समयलाई छलेर आलु लगाउने जस्तो कि तराईमा मंसिर पौष महिनामा यस रोगले बढी असर गर्ने हुदा असोज वा पौषको सुरुमा लगाउदा प्रकोप कम हुन्छ ।
नोट: रोपेपछि कम्तिमा ७५ दिनसम्म यश रोगको लागि उपयुक्त वातावरण आउन दिनुहुदैन ।
३.बाली ब्यवस्थापन
* बाक्लो गरि नरोप्ने ( उचित दुरि- ६०*२५ से.मि. कायम गरि ड्याङ बनाएर रोप्ने जस्ले लाइनमा राम्ररी हावा खेल्छ र प्रकोप कम हुन्छ )
* आलुबालिमा उकेरा राम्रोसङग दिने जस्ले दानामा रोग सर्न दिदैन ।
* सन्तुलित मलखाद मात्रा प्रयोग गर्ने ( गोठेमल १५-२० टन/हे. र १००:१००:६० किलो/हे. NPK )
*पानी नजम्ने गरि निकासको उचित ब्यवस्था मिलाउने
*उचित समयमा गोड्मेल गर्ने (रोपेको १ महिना पछि र२ महिना पछि)
*बालीचक्र अपनाउने
*आलुदाना छाँया र चिसो ठाउमा राख्ने
नोट : भन्डारण गर्दा आलु धुनु हुन्दैन ।
४. स्वस्थ बिउको प्रयोग तथा खेतको सरसफाइ गर्ने
५. रासायनिक बिषादिको प्रयोग
रोगले नोक्सान पुर्याउनु अगाबै रोग लाग्ने वातावरण सृजना हुन गएमा व रोग एक दुइ पातमा देखा पर्ने बित्तिकै बिषादी प्रयोग गर्नुपर्दछ । पानी परेको बेला, शितमा र मध्यान्हको चर्को घाम छर्नु हुदैन । बिषादी हरेक ७ दिनको अन्तरमा करिब ३-४ पटक छर्नु पर्दछ ।
डाइथेन एम ४५, मेतलक्सेल, कृल्याक्सिल, क्लोरोथालोनिल आदि ढुसिनाषक बिषादी प्रयोग गर्ने ।
रियाल्बेट (डाइमेथोफर्म) र सेक्टिन (फेनोमिडिन १०% र म्यान्कोजेब ५०%) बिषादी यो रोगको उपचारमा उपयुक्त मानिएको छ । यी बिषादी सामान्यातया १ ग्राम / लि. पानीमा घोल बनाइ बोट्को सम्पुर्ण भाग भिज्ने गरि ९ दिनको फरकमा ४ पटक छर्नुपर्दछ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया