Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २९ गते बिहिबार

अष्ट्रेलियन राजदुत भोल्क किन पुगे दाेधारा चाँदनी ।

अष्ट्रेलियन राजदुत फेलिसिटी भल्क र दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी बिच भेटवार्ता भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव तस्करी रोकथामको अवस्था बुझ्न आज बिहान अष्ट्रेलियन राजदुत फेलिसिटी भल्क, अष्ट्रेलियन राजदुत कार्यालयका कर्मचारी तथा गाईड कृष्ण कार्की, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत टोली दोधारा चाँदनी पुगेका थिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष बिक्रम चन्द, पदम रावल, केशव खत्री लगाएतको टोलीले अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कको टोलीलाई फुलमालाले स्वागत गरेका छन् ।

उनिहरुले दोधारा चाँदनी नगरपालिकामा निमार्णधिन ४ लेनको पक्की पुल, सुख्खाबन्दरगाहको क्षेत्र, महाकाली झोलुङ्गे पुल लगाएत क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाकाे भारत संग जोडिएको दुईवटा ठुला प्रान्त उत्तरप्रदेश र उत्तराखण्डको खुला सिमाना र मानव बेचबिखन तथा तस्करीको उच्च जोखिमको रहेको अवस्थाको बारेमा अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कलाई जानकारी गराएका छन् ।

दोधारा चाँदनी नगरपालिका खुला सिमाना रहेको हुदा मानव तस्करको जोखिम पनि त्यत्तीकै बढ्दै गएकाे मेयर लिम्बुले बताएका छन् । कञ्चनपुरको मुख्य नाकाकोरुपमा रहेको गड्डाचौकी नाका सुरक्षाको द्धष्टीकोणले सुरक्षित भएको हुदा मानव तस्करहरुले दोधारा चाँदनीको रुट प्रयोग गर्दै आएको उनले बताए । मानव बेचबिखन तथा ओसारपसार रोक्न दोधारा चाँदनी नगरपालिका कार्यालयले माईती नेपाल कञ्चनपुर संग समन्वय गर्दैको मेयर लिम्बुले बताउदै मानव बेचबिखन तथा ओसारपसार रोक्न स्थानिय सरकारको दायित्व भएको हुदा मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराध रोक्न आफु र आफ्नो टिम कटिबद्ध रहेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निमार्ण संग नेपालकै सबै भन्दा ठुला नाकाकोरुपमा बिकसित हुने हुदा आगामी दिनहरुमा मानव तस्करहरुले प्रयोगगर्ने मार्ग बन्ने भएको हुदा यस्तो जघन्य अपराध रोक्न सबै लाग्नु पर्ने दोधारा चाँदनी नगरपालिकामा मेयर लिम्बुले बताए ।

अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कले मानव बेचबिखन तथा ओसार पसार रोक्न गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत टिमलाई बिशेष धन्यबाद दिदै दोधारा चाँदनी नगरपालिका क्षेत्र मानव तस्करी तथा ओसार पसार कार्य थप उच्च जोखिममा रहेको बताएका छन् ।

अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कले आफुबाट दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई गर्न सक्ने सहयोग सदा रहने बताउदै उनले नवनिर्वाचित जनप्रतिनिधीकोको कामको उच्च प्रशंसा गरेका छन् । आजै अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कले दोधारा चाँनी नगरपालिका कार्यालयमा पुगेर मेयर लिम्बु, उपमेयर जोशी संग भेट गरि नगर क्षेत्रको समस्याको बारेमा जानकारी लिएका छन् ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>