Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०२ गते शनिबार

प्रतिनिधिसभामा दलकाे कार्यालय पाउने यी हुन १० दल, ७ दलले पाउँछन् प्रमुख सचेतक ।


प्रतिनिधिसभामा १० राजनीतिक पार्टीले संसदीय दलको सुविधा पाउने भएका छन् ।

६१ राजनीतिक दलले निर्वाचनमा भाग लिएकामा अन्तिम परिणामअनुसार १२ दल र पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् । जसमध्ये १० पार्टीले संसदीय दलको सुविधा पाउने संघीय संसद् सचिवालयले जनाएको छ । 

कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको सुविधा पाउने भएका हुन् । ०७४ मा नौ दलले चुनाव जितेकामा पाँच दलले मात्रै संसदीय दलको सुविधा पाएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रतिनिधिसभामा दुईजना सांसद निर्वाचित भएको दलले संसदीय दल गठन गर्न पाउने व्यवस्था छ । संसदीय दलको सुविधा पाउने दललाई संसद् सचिवालयले कार्यालय र बैठक कक्षको व्यवस्थापन गर्छ । दलको नेतालाई कानुनअनुसार गाडीसहित मासिक पारिश्रमिक र भत्ता उपलब्ध गराइन्छ । 

प्रमुख सचेतकको सुविधाका लागि भने दललाई कम्तीमा १० सांसद चाहिन्छ । संसदीय दलको सुविधा पाउने हैसियत बनाएका १० दलमध्ये सातले मात्रै प्रमुख सचेतकको सुविधा पाउनेछन् । प्रमुख सचेतकले गाडी र भत्तालगायतको सुविधा पाउँछन् ।

१० मात्रै सांसद भएको एकीकृत समाजवादीले पनि प्रमुख सचेतकको सुविधा पाउने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । जनमत, नागरिक उन्मुक्ति र लोसपाले भने प्रमुख सचेतकको सुविधा पाउनेछैनन् । यद्यपि, दलभित्र आन्तरिक रूपमा उनीहरूले प्रमुख सचेतक चयन गर्न सक्छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>