Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०५ गते मङ्गलबार

सुदुरपश्चिम प्रदेशसभाकाे पहिलाे अध्यक्षता रावले गर्ने, सफथ ग्रहण पुस ११ मा हुने ।

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते साेमवार हुने भएको छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी यूवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।

सूचना अधिकारी जैशीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने भएका हुन् ।

सुदुरपश्चिम प्रदेशमा ५३ प्रदेशसभा सदस्यहरू छन् । यसैबीच सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।


#प्रदेशसभा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>